Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकाले इरानमाथि गर्दैछ घेराबन्दी

काठमाडौं । अमेरिका र इरानका अधिकारीहरूबीच मंगलबार स्विटजरल्याण्डमा वार्ताको तयारी भइरहेका बेला अमेरिकाले ‘यूएसएस अब्राहम लिंकन’ नामको विमानवाहक युद्धपोत इरान नजिकै रहेको पुष्टि भएको समाचार सार्वजनिक भएको छ । वासिङ्टनले इरानको सैन्य कार्यक्रम र हालैका प्रदर्शनमाथिको दमनप्रति दबाब बढाइरहेका बेला यो समाचार सार्वजनिक भएको हो । उक्त विमानवाहक युद्धपोत जनवरीको अन्त्यतिर खाडी क्षेत्रमा पठाइएको बताइए पनि हालसम्म उपग्रह तस्वीरमा देखिएको थिएन । अहिले भने यो ओमानको तटबाट करिब ७०० किलोमिटर टाढा अरब सागर क्षेत्रमा देखिएको हो । सार्वजनिक रूपमा उपलब्ध युरोपेली सेन्टिनेल–२ उपग्रह तस्वीरले युद्धपोत ओमानको तटबाट करिब २४० किलोमिटर दूरीमा रहेको पुष्टि भएको बीबीसीले जनाएको छ । ‘यूएसएस अब्राहम लिंकन’ले तीनवटा निर्देशित मिसाइल विनाशकसहित ‘क्यारियर स्ट्राइक ग्रुप’को नेतृत्व गरिरहेको छ । यसमा करिब ९० वटा विमान छन्, जसमा एफ–३५ लडाकु विमानसमेत छन् । र, ५ हजार ६८० जना सैनिक सवार छन् । यसैबीच, विश्वकै ठूलो युद्धपोत मानिने ग्क्क् न्भचबमि च्। ँयचम लाई पनि मध्यपूर्व पठाइएको खबर सार्वजनिक भएको छ । यो युद्धपोत आगामी तीन साताभित्र क्षेत्रमा पुग्न सक्ने बताइएको छ ।

पछिल्ला केही सातायता मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति उल्लेख्य रूपमा बढेको देखिन्छ । बीबीसी भेरिफाइले उपग्रह तस्वीरमार्फत हालसम्म १२ वटा अमेरिकी युद्धपोत क्षेत्रभित्र रहेको पहिचान गरेको जनाएको छ । तीमध्ये यूएसएस अब्राहम लिंकनसहित तीनवटा आर्ले बर्क श्रेणीका विनाशक, लामो दूरीको मिसाइल प्रहार गर्न सक्ने थप दुई विनाशक, तथा तटीय लडाइँका लागि प्रयोग हुने तीन विशेष युद्धपोत बहराइनस्थित नौसैनिक अड्डामा तैनाथ छन् । त्यस्तै, दुई विनाशक पूर्वी भूमध्यसागरस्थित सौडा बेस्थित अमेरिकी अड्डा नजिक र एक विनाशक रातो सागर क्षेत्रमा देखिएको छ । स्थलतर्फ पनि अमेरिकी हवाई गतिविधि बढेको देखिएको छ । जोर्डनको मुवाफ्फाक सल्ती सैन्य अड्डामा एफ(१५ र ईए(१८ लडाकु विमानको संख्या बढेको उपग्रह तस्वीरले देखाएको छ । साथै अमेरिका र युरोपबाट मध्यपूर्वतर्फ कार्गो विमान, इन्धन आपूर्ति र सञ्चार सहयोगी विमानहरूको आवागमन पनि बढेको छ । मध्यपूर्वमा बढ्दो अमेरिकी सैन्य तैनाथीले इरानसँगको तनाव थप चर्किने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ । यसैबीच अमेरिका र इरानका अधिकारीहरूबीच मंगलबार स्विट्जरल्यान्डमा दोस्रो चरणको वार्ता हुने तयारी छ । इरानले उक्त बैठकमा आफ्नो आणविक कार्यक्रम र अमेरिकाले लगाएका आर्थिक प्रतिबन्ध हटाउने विषय केन्द्रमा रहने जनाएको छ । तर वासिङ्टनले भने अन्य मुद्दाहरू पनि छलफलमा ल्याउन चाहेको संकेत दिएको बीबीसीले जनाएको छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल