Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अमेरिकाले एक महिना अगाडि स्थगित गरेको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुचारु गर्ने भएको छ । यद्यपि जसका लागि केही शर्त थपिएको छ । प्रमुखरुपमा पढन् जाने विद्यार्थीको सामाजिक सञ्जालको एकाउन्ट भने पब्लिक बनाउन भनेको छ ।
जसबाट उनीहरुले अमेरिकी नागरिक, सिद्धान्तप्रति आफ्नो देशमा आउने विदेशी विद्यार्थीहरुको सोच विचार र भावना गलत भएमा रोक्ने नीति अमेरिकाले लिएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत मे महिनामा केही समयका लागि भन्दै रोकिएको अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा प्रक्रिया पुनः सुरु गरेको हो
यससँगै अब विद्यार्थी भिसाका लागि सम्बन्धित दूतावासबाट अन्तरवार्ताका लागि समय लिन पाउने भएका छन् ।
अमेरिकी प्रशासनका अनुसार अमेरिकाको भिसा शर्तहरु भने विद्यार्थी भिसा एफ १ लगायत अन्य सबै प्रकारका भिसामा लागू हुनेछन् । जसले सामाजिक सञ्जाललाई गोप्य राख्छ उसले आफ्ना गतिविधिहरु लुकाउने प्रयोजनको रुपमा लिइने अमेरिकाले भनेको छ ।
ट्रम्प प्रशासनका एक उच्च अधिकारीले भने, अमेरिकी नागरिकले यो अपेक्षा गर्छन् उनीहरुको सरकारले उनीहरुको देशलाई हरेक तवरले सुरक्षित बनाउने प्रयास गरोस्, जुन ठ्याक्कै ट्रम्प प्रशासनले प्रत्येक दिन गरिरहेको छ ।
ओपन डुअर्सका अनुसार नेपालमा २०२३–०२४ मा ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थी थिए । जसमा पहिलो भारतबाट साढे ३ लाख बढी, दोस्रोमा २ लाख ८० हजारसहित चीनबाट छन् भने करिब १७ हजार नेपाली त्यहाँ अध्ययनरत छन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल