Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकी निर्णयप्रति डब्लुएचओे दुःखी

 

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिइदैं आएको आर्थिक सहयोग रोक्ने निर्णयप्रति डब्लुएचओ दुःखी भएको छ । डब्लुएचओले यो समय विश्व नै एक भएर नयाँ कोरोना भाइरसविरुद्ध लड्ने समय भएको जनाएको छ। आर्थिक सहायता बन्द गर्ने ट्रम्पको निर्णयको विश्व नेताहरूले आलोचना गरेका छन्।
विश्वमा हाल कोरोना भाइरस संक्रमित २० लाख नाघिसकेको छ भने अमेरिका विश्वको सबैभन्दा बढी संक्रमण प्रभावित मुलुक हो। मंगलबार ट्रम्पले डब्लुएचओले महामारीका समयमा गर्नुपर्ने आधारभूत काम तथा व्यवस्थापन नगरेको र चीनको पक्ष लिएको आरोप लगाउँदै सहयोग बन्द गर्ने घोषणा गरेका थिए। डब्लुएचओका प्रमुख डा. ट्रेडोस अडामोन गेब्रेससले आफ्नो सबैभन्दा ठूलो आर्थिक दाता अमेरिकाले उठाएको कदममाथि प्रतिक्रिया दिदैं, अमेरिका डब्लुएचओको लामो समयदेखिको उदार मित्र हो र उसले त्यसलाई निरन्तरता दिइराख्ने आशा राखेको बताएका छन्। उनले अमेरिकी सहयोग बन्द भएपछि त्यसले डब्लुएचओको कामलाई पार्ने प्रभावको बारेमा समीक्षा भइरहेको र सोले ल्याएको रिक्ततालाई सहयोगीहरूसँग मिलेर आफ्ना कामको सुनिश्चितता गर्ने जनाए। डब्लुएचओको कुल बजेटमा अमेरिकाले १५ प्रतिशत योगदान दिदैं आएको छ। गत वर्ष अमेरिकाले उसलाई ४ सय मिलियन अमेरिकी डलर सहायता दिएको थियो।


सम्बन्धित समाचार