Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मुद्दा दायर गर्ने घोषणा गरेका छन्। पानोरामा कार्यक्रममा उनको भाषणलाई गरेको सम्पादन गलत र भ्रामक भएको भन्दै उनले क्षतिपूर्ति माग गरेका छन्।
बीबीसीले माफी मागेपनि क्षतिपूर्ति दिन अस्वीकार गरेपछि ट्रम्पले मुद्दा दायर गर्ने तयारी गरेको बताएका हुन्।
शुक्रबार एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले बीबीसीलाई १ अर्बदेखि ५ अर्ब डलरसम्म दाबी गर्दै मुद्दा हाल्ने तयारी गरेको बताए।
उनले भने, हामी मुद्दा हाल्छौँ। उनीहरूले गलत गरे। मेरो मुखबाट निस्केका शब्द नै फेरिदिए।
बीबीसीले बिहीबार माफी माग्दै पानोरामा कार्यक्रममा गरिएको उनको भाषणको सम्पादनले ट्रम्पले प्रत्यक्ष हिंसात्मक आह्वान गरेको झूटो प्रभाव परेको स्वीकार गरेको थियो। तर, क्षतिपूर्ति दिन नमिल्ने बताएको थियो।
ट्रम्पका कानुनी टोलीले माफी, प्रतिवेदन फिर्ता र एक अर्ब डलर क्षतिपूर्ति माग्दै बीबीसीलाई चेतावनी पत्र पठाएको थियो। बीबीसीले क्षमा मागे पनि कानुनी आधार नभएको भन्दै क्षतिपूर्ति दिन अस्वीकार गरेको हो।
ट्रम्पले प्रधानमन्त्री कियर स्टार्मरसँग यस विषयमा कुरा नभएको बताए। तर, स्टर्मरले आफूलाई सम्पर्क गर्न चाहेको भन्दै साताको अन्तमा फोन गर्ने योजना भएको बताए।
शनिबार रेकर्ड गरिएको अर्को अन्तर्वार्तामा ट्रम्पले मुद्दा हाल्नु आफ्नो कर्तव्य भएको बताए। उनले बीबीसीको सम्पादन गम्भीर गल्ती र पहिलेको कामला प्रकरणभन्दा पनि खत्तम भएको बताए।
कमला ह्यारीससँगको २०२४ को चुनाव अन्तर्वार्तामा सीबीएससँग उनले यस्तै विवाद गरेका थिए। सो विवादमा यस वर्ष पारामाउण्ट ग्लोबलले १६ मिलियन डलर तिरेर सम्झौता गरेको थियो।
पानोरामामा ट्रम्पको ६ जनवरी २०२१ को भाषणलाई काटछाँट गरेर राखिएको डकुमेन्ट्री २०२४ अक्टोबरमा देखाइएको थियो। मूल भाषणमा उनले समर्थकलाई क्यापिटोलतर्फ हिँड्न भनेका थिए।
भाषणको क्रममा उनले समर्थकहरूलाई भनेका थिए, हामी क्यापिटोलतिर हिंड्नेछौँ, र हामी हाम्रो बहादुर सिनेटरहरू र कंग्रेसका पुरुष र महिला सदस्यहरूसँग उल्लास मनाउनेछौँ।
भाषणको ५० मिनेटभन्दा बढी समयपछि मात्रै उनले र हामी लड्छौं। हामी पुरै जोडबल लगाएर लड्छौँ भनेका थिए।
तर, पानोरामा कार्यक्रममा क्लिपलाई सम्पादन गरेर यी दुई वाक्य एकपछि अर्को गरी लगत्तै बोलेको जस्तै बनाइएको थियो। डकुमेन्ट्री हामी क्यापिटोलतिर हिंड्नेछौं र म तपाईंहरूसँग त्यहाँ हुनेछु। र हामी लड्छौं। हामी पुरै जोडबल लगाएर लड्छौँ। भन्ने वाक्यहरू जोडेर राखिएको थियो।
यो विवादका कारण बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख देबोरा टर्नेसले राजीनामा दिएका छन्।
बीबीसीले समीक्षा गरेर सम्पादन त्रुटि भएको स्वीकार गरेको छ। बीबीसीले वक्तव्यमा सम्पादनले भाषणका फरक अंशहरूलाई एकै ठाउँबाट भएको झैँ देखायो, जसले ट्रम्पले प्रत्यक्ष हिंसात्मक आह्वान गरेझैँ गलत धारणा बनाएको उल्लेख गरेको छ।
बीबीसीका वकिलले ट्रम्पको कानुनी टोलीलाई पत्र लेखेको पुष्टि गरेका छन्। बीबीसी अध्यक्ष समिर शाहले छुट्टै पत्रमार्फत ट्रम्पसमक्ष व्यक्तिगत रूपमा क्षमा मागेको बताइएको छ।
तर, बीबीसीले बदनाम गर्ने उद्देश्य नभएको र कानुनी आधार नदेखिने ५ कारण पनि प्रस्तुत गरेको छ। जसमा अमेरिकी प्रसारण अधिकार नभएको, कार्यक्रमले उनलाई क्षति नगराएको, सम्पादनमा दुराशय नभएको, क्लिपलाई एक्लै हेर्न नमिल्ने र अमेरिकी कानुनले राजनीतिक अभिव्यक्तिलाई उच्च संरक्षण गर्नेजस्ता तर्क गरिएको छ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल