Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकी सेनापति नेपाल छिर्दा प्रम पत्नी खुसुक्क दिल्लीमा

काठमाडौं। अमेरिकी सहयोग एमसीसी पारित भएसँगै नेपालमा अमेरिकी चासो बढ्न थालेकै कारण अमेरिकी अधिकारीहरुको ओहोदोहोर बढेको छ । अमेरिकी सेनाका एसिया प्यासिफिक क्षेत्रका प्रमुख चाल्र्स एक फ्लिन चार दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुग्दा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवा भने मंगलबार अपरान्ह नयाँ दिल्ली गएकी छन्। अचानक तय भएको प्रम पत्नी आरजु देउवाको यो भ्रमणको वाहाना भने स्वास्थ्योपचारको छ तर दिल्ली भ्रमणको उद्देश्य भने अर्कै रहेको छ। प्रमपत्नी देउवा केही बर्षदेखि जापानमा नै स्वास्थ्य उपचार गराउँदै आएकी थिइन्।
कोरोनाको पहिलो लकडाउनमा आरजूले जापानमा हीपको अपरेशन गराएकी थिइन् भने त्यसपछि पनि जापान मै फलोअप गराउँदै आएकी छिन्। उनी स्वास्थ्य परीक्षण जापानमा गराएर फर्किएको डेढ महिनमात्र भएको छ। तर उनी बिहीबार स्वास्थ्योपचारका लागि भन्दै दिल्ली उडिन्। वालुवाटार स्रोतका अनुसार उनी दिल्ली जानुको पछाडि अमेरिकी सेनाका एसिया प्यासिफिक क्षेत्रका सेनापतिको भ्रमण मुख्य कारण रहेको छ। नेपाल र अमेरिकाबीच सहयोगका क्षेत्रहरु विस्तार भइरहेको र सैन्य सहयोगको क्षेत्रमा समेत नेपाल र अमेरिकाका बीचमा थप सहयोगका क्षेत्रहरु खोलिन लागेको कुरामा भारत असन्तुष्ट बनेको छ।
र, ऊ अमेरिकी सेना र नेपाली सेनाका बीचमा रक्षासम्बन्धी दिर्घकालीन प्रकारका कुनै पनि सम्झौता नहुन् भन्ने चाहन्छ । यही सन्दर्भमा दवाव दिन आरजूलाई भारत बोलाइएको स्रोतका दावी छ। यतिबेला रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हालेका छन्। प्रधानमन्त्रीले गर्ने हरेक निर्णयमा आरजूकै प्रभाव रहने र उनकै योजनामा कुटनैतिक राजनैतिक निर्णयहरु हुने गरेका सन्दर्भमा भारतले आरजूलाई अमेरिकी सेनापति आएकै मौका छोपेर अमेरिकालाई समेत कुटनीतिक सन्देश दिने गरी दिल्ली बोलाएको हो।
देउवाले रक्षा मन्त्रालय सम्हालेका बेला अमेरिकी सेनाका एसिया प्यासिफिक क्षेत्रका सेनापति नेपाल आउँदा स्टेट पार्टनरसिप प्रोग्राम र अन्य कुनै महत्वपूर्ण सम्झौता हुन सक्ने भयले भारत सशंकित छ। नेपालमा नयाँ भारतीय राजदूत आइनसकेको बेलामा हतार हतार गरेर कार्यवहाक भारतीय राजदूतले अचाकन नेपाली सेनाका सेनापति प्रभुराम शर्मालाई हिजो विहीबार भेट गरेका थिए।