Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकी सैन्य अखाडामा हमला

काठमाडौं । इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा तेस्रो पटक हमला भएको छ । पछिल्लो पटक आइतबार अल(बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भएको बताइएको छ । अल बलाद एयरबेसमा अमेरिकी सेना बसेका थिए । तर इरान र अमेरिकाबीच तनाब बढेपछि यो एयरबेस अमेरिकी सेनाले छाडिसकेका थिए । आइतबारको हमलापछि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर अमेरिकामा आक्रोश बढेको प्रतिक्रिया दिएका छन् ।
यही जनवरी ९ तारिखमा बगदादको अन्तर्राष्ट्रिय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो । धेरै देशका दूतावास रहेको यो ‘ग्रिन जोन’मा दुई ठूला विष्फोट पनि भएका थिए । अमेरिकी अधिकारीहरुले यो आक्रमणमा इरान समर्थित शिया विद्रोही संगठन हासेदको हात रहेको दाबी गरेका छन् । त्यसअघि इरानले ७ जनवरीमा इराकमा अमेरिकी सेना बसेका दुई स्थानमा २२ वटा मिसाइल प्रहार गरेको थियो । अनबर प्रान्तका अल(असद र इरबिल एयरबेसमा गरिएका यी आक्रमणबाट ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी इरानले गरे पनि पुष्टि भएको छैन ।
अमेरिकाले ३ जनवरीमा इरानको कुद्स सेना प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच तनाब बढेको छ । सुलेमानी मारिएको बदला लिन इरानले इराकस्थित अमेरिकी सैन्य अखाडामा २२ मिसाइल प्रहार गरेको हो । मिसाइल आक्रमणको भोलिपल्ट इरानले १७६ जना सवार युक्रेनको एक बोइङ विमानलाई खसालेको थियो । यसको विरोधमा इरानी जनता आफ्नै सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल