Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरीकन दुताबास नयाँ पार्टी खोलाउने तयारीमा

  • भरत दाहाल

स्थानिय चुनावमा भएको मतदानको मनोविज्ञानलाई ध्यानमा राखेर काठमाडौंस्थित अमेरीकी दुताबासले नयाँ पार्टी खोल्न लगाउनका लागि केही स्वतन्त्र विजेता, केही भूपू कर्मचारी र दलभित्रका केही मानिसहरू सकृय बनाएको छ । आगामी संसदीय चुनावलाई लक्षित गरेर नयाँ पार्टी बनाउन लागिएको हो । यो अमेरीकाको युक्रेनी मोडेल हो । रुस विरुद्ध परिचलन गरिएका त्यहाँका दलहरूबाट समयमैं अमेरीकाले चाहेको रणनीतिमा काम गर्न नसकेपछि अचेत भिडको मनोविज्ञानलाई प्रयोग गरेर राजनीतिक अनुभव नभएको फिल्मी कलाकारलाई नाटकिय रुपमा राष्ट्रपति बनाएर रुससंग लडाउन सफल भएको थियो । यस्तो प्रयोगमा भिडको अचेत मनोविज्ञान र रानीतिक अनुभव विनाको नेतृत्वको संयोजन गरिएको हुन्छ । एमसीसीमा आम नेपालीहरूका बिचमा बद्नाम भएपछि अमेरीकाले देशभक्त नेपालीहरूको जमातलाई अर्को रुपबाट प्रयोग गर्न खोजेको छ । जेलेन्स्की मार्फत् युक्रेनलाई स्वाहा बनाएर त्यसले हतियार बेचिरहेको छ । दलाल दलहरूलाई नेपाल र नेपालका छिमेकिहरूका विरुद्ध नांगो रुपमा प्रयोग गरिरहेको अमेरीकाले दलहरूबाट असन्तुष्ट भएका मानिसहरूलाई अर्को भुंग्रोमा पोल्ने खतरनाक योजना अघी बढाएको छ । यसमा सामेल हुनेहरू जोजो हुन्छन्, तिनीहरूलाई धरासायी बनाउन नेपालीहरू बेलैमा चनाखो हुन जरुरी छ ।

सल्बलाउन थाल्यो विदेशी मिशन
तराईका अधिकांश एउटै जिल्लामा ४ देखि ६ जनाको संसदीय प्रतिनिधित्व, काठमाडौंमा १० जनाको प्रतिनिधित्व तर मेची अञ्चल जत्रै कर्णालीका विकट जिल्लाहरूमा केवल १ जनाको मात्र प्रतिनिधित्व रहेको छ । सत्ता विकासका लागि आवश्यक हो कि जनसंख्याको प्रतिनिधित्व ? समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने नीति जन्मको आधारमा बनाईएको नागरिकता ऐनपछि लागु गरिएको नीति हो । यो ऐनले विदेशीहरूका लागि नागरिकताको बाटो खोलेपछि निर्वाचन क्षेत्र बढाउँदै जाने ईण्डियन रणनीति र दबाबमा यो नीति बनाईएको हो । खुला सिमाना राख्ने र ईण्डियाबाट आउने मानिसहरूको तथ्यांक पनि नराख्ने नीति लागु गरेर जन्का आधारको नागरिकताको कुरा गर्ने र समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको माग गर्नेहरू विदेशी एजेन्टहरू हुन् । यीनीहरूले नेपालमा विदेशी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बढाएर नेपाल कब्जा गराउने योजनामा काम गरिरहेका छन् ।

नांगा दलालहरूको चटके धर्म
आफ्नो कार्यकालभरी चीनसङ्ग भएको बीआआई अन्तर्गतका सम्झौताहरू कार्यान्वयन नगर्ने केपी ओली, एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने प्रावधान थप्ने केपी ओली, ईण्डो–प्यासिफिक रणनीतिमा हस्ताक्षर गराउने केपी ओली, अमेरिकिहरूका लागि अन एराइभल भिजाको म्याद ६ महिना बढाउने केपी ओली, होली वाइन सम्मेलनको आयोजन गर्ने केपी ओली । तर उनै ओलीले निर्लज्ज भएर अर्को दलाल शेरबहादुरलाइ संसदमा प्रश्न गरेछन्– बीआरआईप्रतिको धारणा के ? अमेरिकन मन्त्रीलाई तिब्बती शरणार्थी क्याम्पमा बैठक गर्न किन दिएको ? गुम्बामा पस्न किन दिएको ? विदेश नीति किन एकतिर ढल्काएको ? आदि । सत्तामा बस्दा साम्राज्यवादको कर्मचारी र सडकमा फालिदा देशभक्तिको धन्धा चलाउनु नाङ्गा दलालहरूको धर्म हो ।

जनमतको भावना हेरेर गर्नु पर्ने प्राथमिक काम
स्थानिय चुनावमा देखापरेको मतदानको प्रकृतिले ००७ सालदेखिको आयातित दलालतन्त्रले अन्तिम स्वास लिईरहेको पुष्टि गरेको छ । कथित शिर्ष नेता भैटोपलेका सबै जसो व्यक्तिका वडामा तिनीहरूको पराजय हुनु र देशभरीका महत्वपूर्ण स्थानहरूमा अत्यधिक रुपमा स्वतन्त्र उम्मेदवारहरू विजयी बन्नुले देशले तय गर्न चाहेको दिशा स्पष्ट हुन्छ । तर भ्रष्ट विदेशी दलालहरू स्खलनको दिशामा धकेलिनु नै सबथोक होईन । जनमतको रुझानलाई विश्व परिस्थिति एवं नेपालको भू–राजनीतिसंग जोडेर नयाँ रणनीति बनाउन एकदमैं जरुरी देखिएको छ । अन्यथा आमूल परिवर्तनको आकांक्षाबाट छटपटाएको जनमत दिग्भ्रमित हुने र अर्को प्रकारको गोलचक्करको षडयन्त्रको शिकार हुने खतरा बढ्ने छ । स्थानिय स्तरमा निर्वाचित जति पनि निकायहरू छन्, तिनीहरूमा हुँदै आएका भ्रष्टाचारहरू रोक्न र तलव तथा कथित सेवासुविधाहरूमा कटौति गरेर बजेटको कम्तिमा ६० प्रतिसत हिस्सा उत्पादन तथा यद्योगहरूमा निर्माणमा लगानी गराउनका लागि यस्ता निकायहरूको घेराबन्दी गर्नु अहिलेको प्राथमिक काम हो । यो दिशामा सबैको एकता जरुरी छ ।

चुनावपछि तिब्र हुँदैछ माफियाहरूको अपराध
माफियाहरूले अहिलेसम्म ईण्डियामा हुने ईन्धनको मूल्य बृद्धिका कारणले नेपालमा स्वाभाविक रुपमा मूल्य बृद्धि हुने गरेको कुतर्क गर्दै आएका थिए । अहिले ईण्डियामा ईन्धन र ग्याँसको मूल्यमा ठूलो कटौति भएको छ तर यहाँका माफियाहरूले अन्तर्राष्ट्रिय माफियाहरूको योजनामा अनियन्त्रित किसिमले नियमित रुपमा मूल्य बढाईरहेका छन् । थोरै समयपछि नेपालीहरू ग्याँस र पेट्रोलियमजन्य ईन्धन किन्नै नसक्ने अवस्थामा पुर्याईंदैछन् । नेपाललाई हाहाकारमा फसाएर बहु–राष्ट्रिय कम्पनीहरूको जिम्मामा लगाउने षडयन्त्र हो यो । श्रीलंका यस्तै षडयन्त्रको शिकार भैसकेको छ । यस्ता गैरजिम्मेवार देशद्रोही जनविरोधि अपराधिहरूको पछि लाग्न नछोड्नेहरू कहिले चेतनशिल मानिस बन्ने हुन् ?


सम्बन्धित समाचार