Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अराजकतामा परिणत भएको त्रिभुवन विश्वविद्यालय

राष्ट्रगुरु योगी नरहरि नाथले त्रिभुवन विश्वविद्यालय र त्यससँग जोडिएका क्याम्पस निजी शिक्षण संस्थालाई क्याम्पस होइन, घ्याम्पस र सिल्लीहरू उत्पादन गर्ने थलो भनेर टिप्पणी गर्दा धेरै नै आलोचना भएको थियो । वि.सं. २०२८ सालको नयाँ शिक्षालाई उहाँले इसाई, मुसाई र कसाईले ल्याएको षड्यन्त्र भन्नुभएको थियो । यो शिक्षा प्रणालीलाई राजतन्त्रको वैचारिक अवसानको रूपमा आलोचना गर्नुभएको थियो । पञ्चायती सत्ता रहेको त्यो अवस्थामा योगीका यी आलोचनाहरू सुन्न तत्कालीन सत्तामा रहेका शासकहरू तयार थिएनन् । आखिर योगीले भविष्यतर्फ गरेको सङ्केत प्रमाणित भएर नै छोड्यो । राजतन्त्र विस्थापन भयो भने नयाँ शिक्षा ल्याउने इसाई, मुसाई र कसाईका दलाल पञ्च र मण्डलेहरूले हिन्दू शब्द बदनाम गर्दै क्रिश्चियनहरूको पैसामा बिक्री भएर निर्वस्त्ररूपमा उत्रिए । यो त राजनीतिक पाटो मात्रै भयो ।

शिक्षातर्फ त्रिविको योगीका शब्दमा क्यापम्स होइन, घ्याम्पसबाट उत्पादन भएका स्ववियु हुँदै सत्तामा पुगेका सिल्लीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । यस प्रकारको शिक्षा प्राप्त गरेका उपभोक्तावादी र अराजकतावादीहरू नै सत्ताको वरिपरि छन् । यता, त्रिभुवन विश्वविद्यालयमा तिनै भ्रष्टाचारीहरू र अपराधीहरूको कोटा तथाकथित प्राज्ञिक भन्नेहरूको चयन गरिन्छ । यस्ता प्राध्यापक, उपप्राध्यापक, सहप्राध्यापकहरू अर्को प्रकारका सिल्लीहरूको समूह बन्न पुगेको छ । नेपालको राष्ट्रिय एकता, अखण्डताको जगमाथि त्रिविको डिग्रीको बर्को ओडेर प्रहार गर्ने छोरा–छोरी, श्रीमती–बुहारीलाई एनजीओ–आईएनजीओको वेश्या घरभित्र हुलेर नेपालको मौलिक धर्म संस्कृतिमाथि प्रहार गर्ने तथाकथित प्राज्ञहरू हेर्दा योगी नरहरि नाथले भविष्यवाणी गर्नुभएको कुरा प्रमाणित मात्र भएको छैन । यस प्रकारका विश्वविद्यालय र शैक्षिक संस्थाहरू नरपशुहरूको खोर भन्दा अत्युक्ति हुने छैन ।

हुन त अपवादका रूपमा कतिपय राम्रा प्राध्यापकहरू पनि नभएका होइनन् । कृष्णचन्द्र शर्मा जस्ता व्यक्तिहरू त्रिविमा चामलको थुप्रोमा धानको बियाँ जस्तै हो । जसरी चालमको थुप्रोबाट बियाँ फ्याँकिन्छ, कृष्णचन्द्र शर्मा जस्ताहरू त्यसरी नै फ्याँकिने बियाँ मात्रै हुन् । दिनमा १० वटा एफएम र १० वटा युट्युबमा अन्तर्वार्ता दिने र अन्टसन्ट बोल्ने त्रिविका प्राध्यापकदेखि म पिएचडीको विद्यार्थी हुँ भन्दै डिप्रेसन भएका मानसिक रोगीहरूले जस्तै बर्बराउँदै हिँड्ने विद्यार्थीहरू हेर्दा नेपालको त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तरको अवस्था प्रष्ट हुन्छ । यता, काठमाडौँ विश्वविद्यालयको अनुहार डा. सुरेशराज शर्मा जस्ता होली वाइनको अनुहार हेर्दा नै त्यसले दिने दिशानिर्देश स्पष्ट बुझ्न सकिन्छ । एकनाथ ढकालभन्दा अगाडि नै सुरेशराज शर्मा, कोरियन इसाई सनम्योङमुनले चलाएको एसिया प्यासिफिक संस्थाका अध्यक्ष थिए ।

यसरी नेपालको शैक्षिक संस्थाहरूको अनुहार र अवस्था उक्त संस्थाहरूको प्रतिनिधि पात्रहरूको अनुहार हेर्दा नै छर्लङ्ग हुन जान्छ । यस कारण प्रश्न नेपालको राजनीतिक क्षेत्रमा मात्र होइन, सबैभन्दा खतरा शिक्षाको मेरुदण्ड नै अपाङ्ग बनेको छ । नेपालको त्रिवि र काठमाडौँ विश्वविद्यालय अपवादको रूपमा एक–दुई वटा प्राविधिक विषयहरूबाहेक नरपशुहरू उत्पादन गर्ने कारखानको रूपमा परिणत भएको हो । जहाँ नेपाल र हिमवत खण्डको इतिहास छैन, हाम्रा जडिबुटीहरूको उपादेयता र रक्षा गर्ने शिक्षा छैन । पश्चिमी मिशनरीहरूले घोक्न पठाएको मानवअधिकार, बालअधिकार, महिलाअधिकार मात्र घोकाइन्छ । तर कर्तव्य कहीँ पनि सिकाइँदैन र छैन । त्रिविको विद्यावारिधीको स्तर हेर्दा गुरुकुलमा पढ्ने १४ वर्षको बालकको जति पनि कर्तव्यको ज्ञान छैन । कुन विदेशीको गैरसरकारी संस्थामा आफूलाई र आफ्ना छोराछोरीलाई, श्रीमतीलाई भर्ना गराएर आर्थिक उपार्जन हुन्छ भनेर दलालहरूको ढोका चहार्दै हिँड्छन् । यस्तो शिक्षा प्रणालीबाट निर्माण पत्रकार, बुद्धिजीवी, र कर्मचारी पनि त्यस्तै बनेको छ ।

घूसखोर, दलाली, विदेशीलाई सूचना बिक्री गर्ने कार्य अपवादबाहेक कर्मचारीबाट नै हुने गरेको छ । योगी नरहरि नाथले भन्नुभए जस्तै क्याम्पस होइन, घ्याम्पसको नरपशुहरूको उत्पादन नै नेपालको वर्तमान विकृति र विसङ्गतिको मूल जग हो । जबसम्म यसको अन्त्य हुँदैन, राजनीतिमा पनि विकृतिको अन्त्य हुँदैन । तसर्थ चरित्रहीन नैतिकता नभएको विश्वविद्यालयको शैक्षिक सुधार पहिलो अनिवार्य आवश्यकता हो । राजनीतिमा विसङ्गति र विकृति आउनुको प्रमुख कारण वर्तमान शिक्षा पद्दति नै हो । अहिले त्रिवि पार्टीका लठैत कार्यकर्ताको भर्तीकेन्द्र बनेको छ । तिनले उत्पादन गरेका विद्यार्थीहरू नैतिक रूपमा पतन भएका, चरित्रहीन उपभोक्तवादी चिन्तनले ग्रस्त गुण्डाहरूको भीड मात्र भएको छ । जसलाई देश, समाज र राष्ट्रप्रति कुनै पनि उत्तरदायित्वको बोध छैन । यस्तो गैरजिम्मेवार शिक्षा प्रणालीमा जबसम्म सुधार हुँदैन, तबसम्म समाजको विसङ्गति पनि सुधार हुन सम्भव छैन । सबैलाई चेतना भया ।