Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अराजकताको पर्याय बन्दै गएको जेनजी पुस्ताले सडक र सेनाको साथ लिएर गठन भएको सुशीला कार्की नेतृत्वको सरकारलाई अस्थिरता थपेको छ । दलका कार्यक्रम गर्न नदिने जेनजी पुस्ता कहाँको आदेशले चल्छ चल्दैछ त्यो बुझि नसक्नु छ । गल्ती गरेका महाराजा केपी ओलीका भनाई र दम्बले स्थिति सुधार्ने भन्दा भत्काउनेमै छ । गुण्डुमा गुण्डाहरूको सुरक्षा घेराबाट संसार नियालेका महाराजलाई देशमा राजनीतिक अस्थिरता चम्काउनु नै गर्व लाग्दो हो । आन्दोलनहरूमा कहिल्यै सडकको मोर्चामा अगाडि नआएका तर षड्यन्त्रका तानाबाना बुनेर देश लुट्न अग्रसर केपी ओलीबाट एमाले नाउको जमात प्रताडित छ भने जनता कति प्रताडित होलान् ? जहाँ पनि आफू मात्र ढलीमली गर्ने केपी ओली चुनाव नत पार्टीको चाहन्छन् नत संसदको । ओलीलाई वर्तमान राजनीतिक सत्ता र शक्ति त्याग्न मन छैन । यो संसदीय गतिविधिका पहेली सुधार्न जाँगर खोजेर हुँदैन । राजनीतिक अराजकता केपी ओलीको मुल एजेन्डा बनेको छ भने सडक अराजकता जेनजी पुस्ताको कार्यक्रम बन्दैछ । तराईका जिल्लामा सरकारी कार्यालयको तालाबन्दी र बारामा एमाले युवाहरूको प्रदेश स्तरीय भेलामा सहभागी बन्न जाँदै गरेका महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्य महेश बस्नेतलाई जेनजीले गरेको स्थान हद किन नहोस् । सरकार चुनाव भन्छ केपी ओली र जेनजी समूह चुनाव हुने वातावरण बिथोल्दैछन् । जेनजीको कार्यकारी प्रमुखको निर्वाचन संविधानले चिन्दैन । भाद्र २५ र २६ गते त्यो समूहले दलका नेताहरूलाई एक ठाउँमा राखेर संविधान संशोधनमा जान बाध्य पारेर काम सम्पन्न भएपछि मात्र संसद भंग गथ्र्यो भने संसदको चुनावसँग जोडिएर राष्ट्रको कार्यकारी प्रमुखको चुनाव सम्भव थियो । दलहरूले पार्टीमा युवा पुस्तालाई स्थान दिन तल्लो तहदेखि प्रतिनिधि छनोटको प्रक्रिया थाल्ने भन्दैछन् । तर जेनजी तिनै दलका गतिविधिमा प्रतिबन्ध लगाउँदैछ । पार्टीका कार्यकर्ताको भेला र बैठक सम्पन्न हुन नदिने हो भने जस्तालाई त्यस्तै व्यवहार दलहरूबाट पनि हुन्छ । किनकि संसदको चुनाव भन्दा बाँकी रहेको २ वर्षको अवधिमा पुरानै संसदीय संरचना कायम राखेर राज्य दोहन गर्ने मौका तिनैलाई मिल्छ जसले दुई तिहाईको नाउमा नीतिगत रूपमा देश लुटेका थिए । भ्रष्टाचार, तस्करी चम्काएर बेथितिको सगरमाथा चढाएका थिए । अख्तियार, अदालत, प्रहरी, सिआईबी जस्ता संस्थाहरू यिनकै हुन् । जेनजी पुस्ताको धम्की र अहंकार उसको योजना सफल हुन दिने स्थिति रहँदैन । विचार र सिद्धान्त, विधि र प्रक्रिया केही नभएको जेनजी समूह कहाँबाट कोद्वारा परिचालित छ भन्ने भएन । यसका फरक फरक रूप छन् । अनुहार फरक छन् नेता त यिनको छैन । सुशीला कार्कीलाई ढोगेर रामचन्द्रलाई धक्क्याएर योजना सफल हुने छैन । एमालेमा ओली शासन छ, लोकतन्त्र छैन । गुण्डाहरूबाट सुरक्षा लिएर केपी ओली कति दिन बस्छन् । उनको अपराधको नत अख्तियारले छानविन गर्छ नत प्रहरीको सिआईबीले गर्छ । सम्पत्ति सुद्धिकरण र राजश्व अनुसन्धान विभागत ओली पार्टीको इकाई नै बनाइएका हुन् । गुप्तचरको सूचनाको आधारमा राज्य दोहन यिनको चौथो कार्यकालको प्रगति हो । तत्कालिन सरकारको अपराधले संघीयता, लोकतन्त्रमाथि प्रहार ग¥यो । गणतन्त्रका राजा ओली थिए । उनी संविधान र कानुन माथि थिए । त्यो जान्दा जान्दै त्यो जेनजीले चुनावबाट पराजित गराउनु पर्नेहरूलाई झन् बढावा दिएको छ । जुन समूहको नियन्त्रण र परिचालन गर्ने कुनै षंयन्त्र छैन । अरुलाई विरोध गर्दा आफ्नो धरातल बलियो हुनुपर्छ । तर जेनजीको जन धरातल पनि छैन योजना र नीति पनि छैन । राज्य संचालनका अनुभव छैन देशको यथार्थता सरकारमा गएकाहरूले बुझेका छन् जेनजी के बुझ्छ ? जसले सघायो उही शत्रु बन्छ भने त्यसको निकास पुनः दलहरूसँग झडप र संघर्ष हो । जेनजीका मुद्दा तत्कालिन प्रतिपक्षको नेताले संसदको बजेट अधिवेशनमा प्रस्तुत गर्दा ओलीले ओठ लेप्य्राए दुई तिहाईको मलमल ओढेका थिए । त्यो बेला ओलीलाई कसैले छुँदैनथ्यो । अख्तियार, अदालत, प्रहरी, सेना, सशस्त्र विदेशी नियोग उनकै थिए । आज त्यो स्थिति छैन । आन्दोलनको २४ घण्टामा सत्ताच्यूत गर्न सेनाको दबाव सुरक्षा समूहको सुझाव शुरुमा नमाने पनि अन्ततः कुर्सी खोसियो । ज्यान जोगाउन सेनाको सहारा लिने उनै ओलीले सँगै भएका नेतालाई बालुवाटार छाडेर हिँड्दा त्यहाँ साथीहरू छन् भन्ने कुरा सम्झना भएन । उनी कति स्वार्थी रहेछन् त्यो बेला बालुवाटारमै भएका नेताले बुझेर नै ओलीलाई अध्यक्ष बन्न नदिने योजना बनाउन सक्लान् ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल