Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अरुण चौधरीकी पत्नी शिलालाई सीआईबीले लिखित बयान गरायो

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा शिला चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले बयान कागज गराएको छ । शिला अरुण चौधरीकी पत्नी हुन् ।

बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको कम्पाउण्डमा च्याम्पियन फुटवेर स्थापना गरेर जग्गा नीजिकरण गर्नुमा अरुणको मुख्य भूमिका रहेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको निष्कर्ष छ ।

चौधरी दाजुभाइका भिनाजु महेश अग्रवाललाई पनि सीआईबीले यसअघि कागज गराएको थियो । बाँसबारी प्रकरणमा अहिलेसम्म ३ जनाको बयान कागज र सांसद विनोद चौधरीसहित ४ जनालाई बयान लिइएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।