Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्जुन आए सडकको डिजीमा

काठमाण्डौ । देश विकासको मेरुदण्ड मानिने सडक विस्तार विद्युत परियोजनाहरुमा सक्षम र इमान्दार राष्ट्र सेवकलाई जिम्मेवारी दिइयो भने तोकिएको समयमा आयोजनाहरुले पूर्णता पाउछन् । तर राजनीतिक तहबाट हस्तक्षेप गर्ने राम्रा होइन हाम्रा रोजियो भने आयोजनाहरुले प्रगति गर्न सक्दैनन् । त्यही कारण ओली सरकारका भौतिक परियोजना मन्त्रीले क्षमता भएका प्राविधिकहरुलाई छोएनन् । उनीहरुसँगै मिलेर काम गर्दा ओली सरकारको इज्जत बचाएको सडक विस्तार र मर्मतले नै हो । मन्त्री बसन्त नेवाङ्ग छुद्र नहुदा सडक विभाग अन्तर्गत सुरु भएका काम समयमा सम्पन्न भए ।

कालिगन्डकी कोरिडोर पश्चिम सेती सडक आयोजना पुष्पलाल लोकमार्ग मात्र होइन कान्ति लोकपथले समेत प्रगति गरेको थियो । महानिर्देशक केशव शर्मा लामो समय पछि मन्त्रालय सरुवा भएका छन् । उनको समयमा कार्यक्षेत्रमा खटेका प्राविधिकहरु बिच राम्रो सम्मन्वय देखियो । यो सबै शर्माको टिम भित्रको सफलता थियो । विकास सहायता कार्यवन्यन महाशाखामा रहेर आफ्नो क्षमता देखाएका वरिष्ठ प्राविधिक अर्जुनजंग थापा सडक विभागको महानिर्देशक भएका छन् । विभागका प्राविधिकहरुमा थापालाई सक्षम मानिएकोले सो पद प्राप्त भएको हो ।

प्राविधिकहरुलाई राजनितिक रंग दिएर उनीहरुको क्षमता माथि शंका गरियो भने कुनै पनि कार्यक्रम समयमा सफल हुन सक्दैन । त्यही कारण विकास निर्माणको क्षेत्रमा हाम्रो भन्दा राम्रोलाई विज्ञहरुले सकारात्मक ठान्दछन् । थापाको ठाउमा रामहरि पोख्रेल पुगेको छन् भने सडक विभागलाई लोकप्रिय बनाउने माधव कार्कीहरुको क्षमता माथि कसैले प्रश्न उठाएन । यस्तै निर्णय र सामुहिकतामा जोड दिएकाले केशब शर्मालाई प्राविधिकहरुले रुचाएका थिए । थापा त्यही टिमबाट विभागको महानिर्देशक बनेका छन् । अग्रजहरुको लिगेसीलाई कार्यन्वयन गरिदिए भने उनलाई विभागले विर्सने छैन ।

कान्ती लोकपथको प्रगति थापा कै रेखदेखमा भएको र विकास सहायता कार्यन्वयन महाशाखामा उनले देखाएको कामबाट सरकारले खोट लगाउने ठाँउ थिएन । सडक विभाग अन्तर्गतका डिभिजन कार्यलयहरुलाई समन्वय गरि अगाडि बढाउन अर्जुनलाई मन्त्रालयले निर्देशन दिन पर्ने होइन । किनकी सडकका बारेमा उनी आफै आफ्ना अग्रजहरुको बाटो अंगाल्न सक्दछन् ।