Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्जेन्टिनासँग हार्‍यो ब्राजिल

काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तरगत बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १० ले हराएको छ । तनापूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलश ओटामेन्डीले ७३ औँ मिनेटमा गोल गरेका थिए । ८२ औँ मिनेटपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । खेल सुरु हुनुअघि नै दुई देशका समर्थकबीच कुटाकुट भएको थियो । सोही कारण खेल करिब आधा घण्टा ढिला सुरु भएको थियो । ब्राजिलको माराकानामा प्राप्त यो जितपछि अर्जेन्टिना १५ अंशसहित शीर्ष स्थानमा छ । ब्राजिल ७ अंकसहित छैटौँ स्थानमा छ ।