Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्थमन्त्रीले सचिव , दुई विभागका महानिर्देशक पनि हटाए

२९ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसचिव मात्रै होइन, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक पनि हटाएका छन् ।

सोमबार बसेको मन्त्रिरिषद् बैठकले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई सामान्य प्रशासन मन्त्रालय तथा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।

यी दुई विभागका महानिर्देशकको जिम्मेवारी अहिलेसम्म कसैलाई तोकिएको छैन ।

मन्त्रिपरिषद् बैठकले अर्थसचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरी सो स्थानमा घनश्याम उपाध्ययलाई ल्याउने निर्णय गरेको थियो ।

त्यस्तै, अर्थ मन्त्रालयका सहसचिवहरु दीर्घराज मैनालीको सरुवा सूचना आयोगमा भएको छ भने नारायणप्रसाद रिसालको सरुवा गृह मन्त्रालयमा भएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल र राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्याल अर्थ मन्त्रालयमा भित्रिएका छन् ।

उनीहरूसहित १७ जना सहचिवको सरुवा मन्त्रिपरिषद्ले गरेको छ ।