Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्थमन्त्री गभर्नर जस्तो भए : गगन

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमै बलियो सरकार बनेपनि त्यसले वैज्ञानिक ढंगले काम गर्न नसकेको बताएका हुन् ।
पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता थापाले अर्थमन्त्री डा।युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई गति दिन नसकेको दावी पनि गरे ।
काँग्रेस नेता थापाले अर्थमन्त्री खतिवडाले अर्थमन्त्रीको जस्तो नभई नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रस्तुत भएकाले मुलुकको आर्थिक विकासको गति सहज ढंगले अघि बढ्न नसकेको आरोप लगाए ।