Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्थमन्त्री जनार्दन शर्माको बदमासी चुलिदै

सुशासन र पारदर्शिताको गफ दिएर नथाक्ने पात्र हुनुहुन्छ माओवादी नेता एवं अहिलेका अर्थमन्त्री जनार्दन शर्मा । प्रचारबाजीमा रमाउने उहाको स्वभाव । नयाँ सरकारको अर्थमन्त्री भएर आएपछि कोरोना नियन्त्रणमा ५ अर्ब छुट्याउने निर्णय गरेर शर्मा चर्चामा आउनुभयो । तर उहाँ भन्दा अगाडिका विष्णु पौडेलले ७ अर्ब छुट्याउनु भएको थियो । २ अर्ब घटाएर जनार्दनले कोभिड नियन्त्रण बजेट ५ अर्बमा झार्नुभयो । तर बाहिर प्रचार भने सरकारले कोभिडमा केन्द्रीत भयो ठूलो बजेट छुट्यायो भन्ने हिसाबले पर्यो ।
वास्तवमा ठूलो बजेटलाई शर्माले घटाउनुभएको हो । यसरी जबरजस्त प्रचारबाजी गर्न सिपालु, मिठो भाषणकला र पब्लिक इम्प्रेसन तान्न सफल शर्मा नै एकपछि अर्को विवादित निर्णय गर्दै हिँड्नुभएको छ ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको फाइदा उठाउँदै जनार्दनले परिवारवाद लाद्नेदेखि भ्रष्टाचार तथा अनियमिततामा मुछिएका मान्छेलाई विभिन्न नियुक्ति दिएर सुशासनको धज्जी उडाउनुभएको छ । जनार्दनले अर्थमन्त्रीमा आएलगत्तै सुरुमा पूर्वप्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’का सल्लाहकार रहेका प्राडा श्रीराम पौडेलका ज्वाई मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा नियुक्त गर्नुभयो । त्यसपछि उहाँले मासिक १८ लाख तलव सुविधा भएको एशियाली विकास बैंकको सल्लाहकारमा उपसचिवलाई हटाएर शाखा अधिकृत आफ्ना भान्जीज्वाईँ भीमकान्त न्यौपानेलाई पठाउने निर्णय गराउनुभयो ।अहिले आएर जनार्दनले एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा मुछिएका शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाउनुभएको छ । पौडेलकै योजनामा एनसेल लाभकरबाट उम्केको बताइन्छ ।एनसेल उम्काउन पौडेलले आर्थिक लाभ लिएको खबरहरु बाहिर आइसकेको छ । तत्कालीन महानिर्देशक चुडामणि शर्मा र पौडेलको समन्वयमा एनसेलबाट नेपाललाई प्राप्त हुने ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली भएको भनेर अदालतमा मुद्दा समेत परेको थियो । यसमा फैसलासमेत भइसकेको छ ।
त्यसैगरी ३३ किलो सुन काण्डमा मुछिएका नारायण सापकोटालाई भन्सार विभागको महानिर्देशक नियुक्त गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका तत्कालीन प्रमुख सापकोटाकै पालामा ३३ किलो ५७७।४० ग्राम सुन तस्करी भएको थियो । जसको छानविनमा प्रहरीका एसएसपीदेखि व्यापारी र भन्सारका अधिकृतसम्म तानिएका थिए