Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुगेका छन् । आइतबार बिहान राष्ट्रपति पौडेल त्यहाँ पुगेको सचिवालयले जानकारी दिएको छ। पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। घाइते भएलगत्तै अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार भएको थियो। त्यसपछि उनीहरु दुवैलाई काठमाडौं पठाइएको थियो। कीर्तिपुर अस्पतालले सार्वजनिक गरेको स्वास्थ्य जानकारी अनुसार दुवै जनाको प्रारम्भिक मुल्यांकनमा ५ – ६ प्रतिशत भाग जलेको छ। अस्पतालले अनुहारमा समेत जलन भएकोले स्वासनली र फोक्सोमा असर गर्न सक्ने सम्भावना रहेको भन्दै उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ।


सम्बन्धित समाचार

कम्युनिष्टका पुराना सबै अस्वीकार

२०८३ भाद्र २५

ताजा नेपाल

धनी मन्त्रीले कति दिए राहत

२०८३ भाद्र २५

ताजा नेपाल