Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्थले दिएन भुक्तानी, ठेकेदारको रुवावासी

काठमाडौं । स्वार्थका लागि कानुनको ख्याल नगर्ने देशका जनताको पीडामा चासो नदिने गलत परम्परा शुरु भएको छ । सरकारले विकास खर्च परिचालन नगर्दा सम्पन्न भएका भौतिक पूर्वाधारहरू निर्माण गर्ने ठेकेदारले भुक्तानी नपाएर छटपटाएका छन् । यो मामिलामा अर्थमन्त्रीको कमिशन रुपि चरित्र दोषी छ । देशमा राजश्व ठगिहरेको छ । बरु काँग्रेसकी महारानी डा. आरजु राणाको दबदबाका कारण विनोद चौधरी जस्ता बदनाम पात्र र प्रवृत्ति राजनीति क्षेत्रमा हावी भएका छन् । सरकार यो अवधिमा असफल छ । विगतको लगानी सम्मेलनको उपलब्धी छैन । दाताले दिने भनेको पैसा लिएको छैन । उता, प्रधानमन्त्रीलाई काँग्रेसले जस लिन दिएको छैन । अर्थमन्त्री अर्थतन्त्र सुध्रियो भन्छन्, ठेकेदार भुक्तानी पाउँदैनन् त ? नेपाली राजनीतिमा भ्रष्टाचारको नायक काँग्रेस र एमालेको ओली समूहलाई साथ दिने काम प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका दुई पात्रा रमेश मल्ल र गंगा दाहाल अग्रसर छन् । प्रधानमन्त्री आफ्ना सन्तानको स्वार्थमा प्रहार हुँदा व्यवस्थामाथि प्रहार भयो भन्छन् । तर गंगाको भने फटाहा, भ्रष्ट र माफियासँग सम्बन्ध देखियो । कतिपय ठाउँमा गंगाको उपस्थितिलाई लिएर पनि विवाद छ । कुटनीतिक छलफलमा प्रधामन्त्रीले बेढंगकी छोरीलाई उपस्थित गराएर देशकै गरिमा घटाएका पनि छन् । विश्वमा नभएको चलन नेपालमा चल्यो । सरकारको ढुकुटीमा पैसा छ भनिन्छ, तर सडक निर्माण, मर्मत सम्पन्न भएका आयोजनाको भुक्तानी रोकेर अर्थमन्त्री कांग्रेसकी महारानीको सेवक भएका छन् । जसलाई देशको भन्दा चिन्ता आफ्नो लुटमा छ । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला सचिव केशव शर्मा, सडकका महानिर्देशक सुशिल बाबु ढकालको टाउको खाएको हुनुपर्छ । विभागका डिजी कार्यकक्षमा भेटिँदैनन्, सडकका डिभिजन प्रमुखहरू कार्यालयमा बस्न सक्ने अवस्था छैन । काम सम्पन्न भएर भुक्तानी नपाएका ठेकेदार र मजदूरको माग भुक्तानी देऊ भन्ने छ, तर यहाँ अर्थमन्त्रीको असक्षमताका कारण संकटको स्थिति पैदा भएको छ । सरकारको ढुकुटीमा रकम छ तर काम गर्नेले काम सम्पन्न भएपछि पाउनुपर्ने भुक्तानी नपाएको अवस्था छ । अर्थमन्त्रीले प्रधानमन्त्री, भौतिक पूर्वाधारमन्त्री सचिव, सडकका डिजी, अर्थसचिवहरूको बैठकमा माघ ७ देखि १५ सम्म काम सम्पन्न गरी अर्थमा पुगेको भुक्तानीको फाइल कार्यान्वयन हुन्छ भनेका थिए । दशैंको बेला बैङ्क कारोबार एक दिन बाँकी छँदा न्यून कम भुक्तानी गरेर आलोचनाबाट मुक्ति लिएको अर्थमन्त्रालयले पछिल्लो पटक जनतालाई सताएको छ । कुरा चर्का गर्ने ठूला भ्रष्टाचारमा आफैं सहभागी हुने रवि लामिछाने र काँग्रेसका सांसदहरूले देशको अर्थतन्त्रको सुधारमा कति योगदान गरे ? जनताले स्वास्थ्य बीमा प्रयोग गर्न पाउँदैन । सरकार विना योजना लागू गर्छ तर कार्यन्वयन गर्दैन । अहिले कालो बजार चरम छ । सरकारलाई चासो छैन । नेपाली काँग्रेसले जनताको सेवा गर्ने होइन तस्कर माफिया र विचौलियाको सेवक बन्छ । काम देखिने स्वास्थ्य, अर्थ, कानुन र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री काँग्रेसकै छन् । तर उनीहरू जनताको सेवा गर्नेतर्फ चासो दिँदैनन् । त्यो पनि हेपाहा शैली हो । हत्यारा र अपराधीलाई उन्मुक्ति दिन कानुनको पालना नगर्ने गणतन्त्र देशमा अजिर्ण भएको छ । ठूला ठालू केपी ओली, विद्या भण्डारी, डा रामवरण यादव जस्तालाई आर्थिक व्यवस्थापन हुन्छ । तर जनताको लागि चासो नदिने शासन प्रचण्डले चलाएका छन् । विमा ऐन कार्यान्वयन भएको छैन । ठेकेदारले काम सकेर भुक्तानी नपाए जस्तै आफैंले बिमा शुल्क दिएर उपयोग गर्न नपाए जस्तै विश्वमा नभएको काम ग¥यो भुक्तानी नपाउने पद्दतिले नयाँ योजनाको कामको शुरुवात कसरी हुन्छ ? काँग्रेसका कार्यकर्ताले महासमितिमा चर्को रूपमा प्रस्तुत हुुनुपर्छ ।


सम्बन्धित समाचार