Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्बको चासो भएन, १३ करोडको चिन्ता

काठमाडौं । भ्रष्टाचार जति गरे पनि पार्टीका नेतालाई बुझाएर पदको सुरक्षा गर्ने र झन उपद्रो मच्चाउने बहादुर मध्येका एक हुन् नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारी । जसले ९ तहमा रहँदा ११औं तहका प्रताबबाबु तिवारी र कामु महानिर्देशक राजु क्षेत्रलाई हेरेको हेरै बनाए । पैसा र पहुँचकै भरमा अधिकारी विमानस्थल मर्मत सम्हार परियोजनाको प्रमुख बनेकै समयमा पोखरा र लुम्बिनी विमानस्थलको ठेक्का लगाइयो । त्रिभुवन विमानस्थल स्तरोन्नतिको काम शुरु भयो । सिमरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको व्यापक हल्ला चल्यो । जग्गा रेखांकन र बार बन्धनको काम शुरु भयो । सबैतिर हेर्ने तिनै थिए । तर अहिले काभ्रेमा निर्मित १३ करोड ५७ लाखको हेलिप्याड निर्माण काण्डमा पक्राउ परेका छन् । उनको पैसाले अख्तियार पनि थलिएको नेताका घरमा रक्सी र पैसा नपुगेको ठाउँ थिएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जति औचित्य र आवश्यकता थियो त्यो रुपमा लुम्बिनी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व भए पनि तत्काल ऋण खोजेर निर्माण गर्नै पर्ने थिएन । अधिकारीको टोलीले पोखरा विमानस्थलमा राम्रै घोम्पालबाजी ग¥यो । त्यहाँ रु १३ अर्बको कुरा छ । तर संसदको सार्वजनिक लेखा समिति र छानविन उपसमितिले काभ्रेको हेलिप्याडलाई केन्द्रीत गरेर १३ करोड ५७ लाखमा प्रदीप अधिकारीलाई कारबाही चलाउन अख्तियारलाई सिफारिश गरेको छ । अधिकारीको नियुक्ति नै विवादित थियो । ठेकेदार सांसद प्रेम आलेले उनलाई नियुक्ति गर्दा विवाद भएको थियो । काँग्रेसकी कुलदेवी, एमालेका महाराजसँग उनको सम्बन्ध पैसाले गरायो । जब प्रचण्ड प्रधानमन्त्री, सुदन किराँती पर्यटनमन्त्री भए अधिकारी गंगा दाहालको सम्पर्कमा पुगेर मन्त्रीले स्पष्टीकरण सोधेर हैरान बनाएको पद खोस्ने भयो भन्दै रोए । गंगाले मिलेर काम गर्न मन्त्रीलाई आग्रह गरिन् । आज सुदनले प्रचण्ड छोड्नुको कारण यही हो । प्रधानमन्त्रीको सचिवालयमा प्रभाव पार्ने माफिया दीपक भट्ट जस्तै प्रदीप अधिकारी सफल थिए । उनले स्व. रविन्द्र अधिकारीलाई दाजु नाता लगाएर उनी पर्यटनमन्त्री बन्दा प्राधिकरणको प्रोजेक्टहरुमा हालिमुहाली गरे । पोखरा विमानस्थलमा नियमित उडान नहुनुको कारण मापदण्ड अनुसार निर्माण नहुनु हो । अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकीय नगरी पोखरामा पर्यटकहरुको ओइरालो लाग्छ लुम्बिनीमा गौतम बुद्धका कारण विश्वका बौद्ध धर्माबलम्बीहरुको ताँती लाग्छ भन्ने अनुमान भयो । आज लुम्बिनीमा विमान आउजाउ गर्न छिमेकी भारतले आकाश दिएको छैन । आफ्नो देशका तीर्थस्थलहरुको महत्व घट्ने हुनाले भारतले नेपाललाई उडान स्वीकृति नदिएको हो । नेपालका शासकहरुले भारतीय शासक पक्षसँग ठोक्किएर उडान स्वीकृति सहज बनाउन जोड दिएका छैनन् ।
नेताको चरित्र बुझेर अगाडि बढ्ने प्रदीप अधिकारीको कोटरीले नागरिक उड्डयन प्राधिकरणमा मच्चाएको लुटको सत्य तथ्य खोज्न लगानी पादरर्शी बनाउने गरेको भए विमानस्थलमा भएको खर्च पछुतो हुने थिएन । जुनसुकै पार्टीका पर्यटनमन्त्री हुने नेताले भएका विमानस्थल सञ्चालनगर्नुभन्दा नयाँ निर्माण गर्ने घोषणा गरी कमाउने धन्दा चलाएकै कारण हो नागरिक उड्डयन प्राधिकरणमा भ्रष्टाचार बढेको हो । प्रदीप अधिकारी जस्तो भ्रष्टले सुरक्षित महसुस गर्नु प्रधानमन्त्री र मन्त्रीलाई पैसाले खरिद गर्न सक्नु हो ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल