Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अलपत्र ९ नेपाली महिलाको उद्दार

काठमाडौं । बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ। शुक्रवार उनीहरुलाई नेपाल फर्काइएको हो। नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राईलाई स्वदेश फर्काएको हो।
नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा ९एकीकृत समाजवादी० की सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिए। उनले विदेशमा पुर्‍याइ अलपत्र बनाउने अपराधीलाई सरकारले कारबाही गर्ने आश्वासन दिए। ‘नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाइ काम गर्नुहोला, तपाईहरुलाई हामी न्याय दिनेछौँ, अपराधीलाई कारबाही गर्नेछौँ,’उनले भने। त्यस्तै नेकपा (एकीकृत समाजवादी) प्रचार विभाग सदस्य क्रितु भण्डारीले फकाएर बेलारुस पुर्‍याइ अलपत्र पारिएका नौ जना महिलालाई स्वदेश फर्काइएको बताइन्। त्यस्तै स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरुले दैनिक १२ घण्टा काम गर्नुपरेको बताइन्। तर भनेको पारिश्रमिक नदिएर पीडा दिने गरेको उनले बताइन्। उनले नेपालबाट जाँदा एजेण्टहरुले डलरमा पैसा दिने भनेपनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपैयाँ दैनिक पाउने गरेको बताइन्। पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरुको सहयोगमा नेपाल फर्काइएको हो। उनीहरु टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो।