Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अल्लु अर्जुनसँग प्रहरीको सोधपुछ

साउथका सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले सोधपुछका लागि प्रहरी कार्यालयमा लगेको छ । हैदराबादको प्रहरी कार्यालयमा उनलाई सोधपुछका लागि लगिएको हो । फिल्म ‘पुष्पा २’को प्रिमियरको समयमा भागदौड हुँदा एक महिलाको निधन भएको थियो । यसपछि, नायक अर्जुन विरुद्ध उजुरी परेको थियो ।
प्रहरीले यो घटनामा अल्लु अर्जुन र उक्त हलका संचालकको विरुद्धमा उजुरी दर्ता गरेको थियो । सोही बिषयमा सोधपुछका लागि अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको हो । अर्जुनले भने महिलाको परिवारलाई २५ लाख रुपैयाँ सहयोग गर्ने बताइसकेका छन् । बिहिबारदेखि रिलिज भएको यो फिल्मले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । यो फिल्मले बक्स अफिसमा एक हजार करोड भन्दा बढीको कारोबार गरिसकेको छ । फिल्ममा अल्लु र रश्मिका मन्दना मुख्य भूमिकामा छन् ।


सम्बन्धित समाचार

आफ्नै प्रशंसा खोज्दाको प्रतिफल

२०८१ चैत्र २८

ताजा नेपाल

जोडियो ओली र मोदीको सम्बन्ध

२०८१ चैत्र २८

ताजा नेपाल

अमेरिका र चीनबीच व्यापार युद्ध

२०८१ चैत्र २८

ताजा नेपाल