Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध घरेलु मदिरा सहित लामा पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका(२ चौकीटोलस्थित सडकबाट अवैध घरेलु मदिरा १ सय ४० लिटर सहित सोही ठाउँ बस्ने ३३ वर्षीय फेन्जु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा सोही ठाउँस्थित सडकमा ना।१ ह ५३८९ नम्बरको अटोमा दुध ढुवानी सेवा भनी टाँस गरी सामरीबाट हेटौंडातर्फ आउँदै गरेको अवस्थमा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा ५ वटा जर्कीनमा उक्त मदिरा फेला पारी अटो सहित चालक फेन्जुलाई पक्राउ हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार