Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध जडिबुटी सहित १४ जना पक्राउ

बाजुरा । बुढिनन्दा नगरपालिका(५ बेरसैनबाट सेतक चिनी र कटुकी नामक १२ बोरा अवैध जडिबुटी सहित बिहीबार दिउँसो १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका(१० बस्ने ३८ वर्षीय गगन राना, बाँके नेपालगंज उपमहानगरपालिका(२ बस्ने जडीबुटी ठेकेदार ४५ वर्षीय नारद गिरी र उक्त जडीबुटी बोक्ने कार्यमा संलग्न बाजुरा बुढीनन्दा नगरपालिका(४ बस्ने २३ वर्षीय राम बहादुर रोकाया समेत १२ जना गरी जम्मा १४ जना रहेका छन् ।
बाजुरा बुढिनन्दा नगरपालिका(५ बेरसैनमा अबैध जडिबुटी लुकाइछिपाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुढिनन्दाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त जडिबुटी सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।