Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गरिएको

मकवानपुर । राक्सिराङ गाउँपालिका-३ लावतीस्थित १।५ बिगाह जग्गामा अवैध रुपमा लगाएको गाँजाका बोटहरु तथा १ कठ्ठा जग्गामा लगाएको गाँजाका विरुवा आइतबार प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले समुदाय-प्रहरी साझेदारी अन्तर्गतका समितिहरुसँगको सहकार्यमा उक्त गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको हो । सो अवसरमा लागूऔषध सेवन, उत्पादन र कारोबार विरुद्ध सचेतनामूलक पर्चा-पम्प्लेट समेत वितरण गरिएको थियो ।
गाँजा तथा अफिम फडानी एवं अवैध उत्पादन संचय तथा ओसारपसार नियन्त्रणको लागि विशेष अभियान संचालन गरी कार्यान्वयन गर्ने सन्दर्भमा उक्त गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


सम्बन्धित समाचार