Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ बानेश्वर कात्यायनी चोकबाट अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित बानेश्वर शान्तिनगर बस्ने महोत्तरी बर्दिबास घर भएका १७ वर्षीय सजन तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्‍वरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा बसिरहेका तामाङलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही स्थानमा बसिरहेका शंकास्पद अन्य ६ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१३ बाह्रकुने दहबाट अवैध लागूऔषध ब्राउन सुगर २० ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय अबिनाश थापा समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको अवैध लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार