Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं ।  मकवानपुर, राक्सिराङ गाउँपालिका-१ खोलाटार बस्ने ३३ वर्षीय प्रकाश मोक्तानलाई अवैध लागूऔषध गाँजा करिब १ सय २२ केजी १ सय ग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट संयुक्त रुपमा खटिएको प्रहरीले मोक्तानको घर खानतलासी गर्ने क्रममा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका(१३ स्थित जतुवा नहरबाट सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय देउ राज राईलाई नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम ३४ एम्पुल, एभिल १५ एम्पुल र लुपिजेसिक ३४ एम्पुल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।