Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट अवैध लागूऔषध ब्राउनसुगर ०।१५ ग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१२ घर भएका २० वर्षीय गणेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना।७ ख ७३९५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामा १५ हजार ६ सय ट्याब्लेट सहित हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २९ वर्षीय दिपक सिंङ मोक्तानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।