Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । बारा, पचरौता नगरपालिका(७ भवानिपुर टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित सोही नगरपालिका बेनौली बस्ने २५ वर्षीय कृष्ण साहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका(६ पुरानो भन्सार कार्यालयबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय मिलिग्राम सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका(६ बस्ने २१ वर्षीय कृष्ण कार्की, बिक्रम सुब्बा, २० वर्षीय अभिषेक तामाङ र रोजन राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।