Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट अवैध लागूऔषध चरेश १ केजी सहित धादिङ थाक्रे गाउँपालिका-३ घर भएका ३७ वर्षीय लुक राज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु।२ ख ८४३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।