Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका-९ इन्द्रेणीबाट अवैध लागूऔषध पोल्याण्ड १ केजी सहित काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारी प्रगति चोक बस्ने भारत जितिया पोखरीया घर भएका राकेश शाहालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा।९६ प ९८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा शाहालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ८५ ट्याब्लेट सहित ललितपुर सानेपा बस्ने सर्लाही हरिवन नगरपालिका(११ घर भएका २३ वर्षीय सूर्य बहादुर तिमल्सिनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका(१४ दैनी खोला घर भएका २१ वर्षीय प्रकाश लामा, झापा दमक नगरपालिका-१० घर भएका २६ वर्षीय मनोज कुमाल र उदयपुर गाईघाट नगरपालिका घर भएका २४ वर्षीय रोशन थापा मगर रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले प्रकाश लामालाई नाईट्राभेट १ सय ५० ट्याब्लेट, मनोज कुमाललाई नाईट्राभेट १ सय ५० ट्याब्लेट र रोशन थापालाई नाईट्राभेट ३ सय ट्याब्लेट सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम र नगद ७० हजार रुपैयाँ सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका(६ घर भएका २५ वर्षीय सुमित बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भे।७ प १४८१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरका चालक बोहरालाई उक्त परिमाणको लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।