Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका(३२ स्थित फेमली क्याफेबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ५० ट्याबलेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे बनेपा बस्ने मकवानपुर हेटौंडाका सुवास पराजुली र सोही ठाउँका मनिश शाही रहेका छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी, जलेश्वर नगरपालिका(६ सानो धबौलिबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९ सय ट्याबलेट, फेनारगन ९८ एम्पुल, नुर्फिन १ सय एम्पुल र डाईजेपाम १ सय एम्पुल सहित एकडाँरा गाउँपालिका(३ बस्ने २४ वर्षीय पप्पु कुमार मण्डललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र शसस्त्र प्रहरी बलको सिमा सुरक्षा पोष्ट जलेश्वरबाट संयुक्त रुपमा खटिएको टोलीले ज।१२ प ८३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता, नेपालगंज उपमहानगरपालिका(१५ स्थित जमुनाह चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम ५ सय मिलिग्राम सहित दाङ तुल्सिपुर उपमहानगरपालिका(१ बस्ने १८ वर्षीय समिर वलीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा वलीले लुकाई छिपाई पाईन्टको खल्तीमा राखेको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल