Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । सर्लाही, मलंगवा नगरपालिका-८ स्थितबाट नियन्त्रित लागूऔषध फेनारगन १९ एम्पुल, डाइजेपाम १९ एम्पुल र नुर्फिन १९ एम्पुल सहित लालबन्दी नगरपालिका-१ शिवपुर बस्ने २१ वर्षीय नितेश थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० पिए ०८४२ नम्बरको टेम्पु जाँच गर्ने क्रममा टेम्पुमा सवार थापालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका(६ स्थितबाट अवैध लागूऔषध खैरो हिरोइन करिब १६ ग्राम र नगद २४ हजार रुपैयाँ सहित सोही नगरपालिका(९ बस्ने २० वर्षीय योगेश मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल