Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ स्थितबाट अवैध लागूऔषध गाँजा करिब २ केजी सहित भारत बिहार बेतिया बस्ने ३८ वर्षीय रफिम आलमलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बिआर २२ डि २५१६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार आलमलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध चरेश करिब १५ केजी सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ फुस्रेखाली बस्ने रोल्पा, रोल्पा नगरपालिका-६ कोर्चावाङ घर भएका २३ वर्षीय सजिन बिकर उनकै श्रीमती २४ वर्षीया निर्मला बुढामगर रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले उक्त परिमाणको लागूऔषध नेपालबाट भारततर्फ लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल