Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । मकवानुर, हटौंडा उपमहानगरपालिका‍(१० बसपार्कबाट बा।५ ख १८२५ नम्बरको मिनिट्रकमा रहेको अवैध लागूऔषध गाँजा करिब ५९ किलो ५ सय ८० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका(६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँ बस्ने २६ वर्षीय रोशन लामा रहेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पालुङबाट वीरगंजतर्फ जाँदै गरेको उक्त मिनिट्रक जाँच गर्ने क्रममा चालक बस्ने सिटमुनी फल्स बटम बनाई प्लास्टिकको पोकामा लुकाईछिपाई लैजाँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई ट्रक सहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका(१३ बाट भारत अररिया जोगवनी बस्ने १८ वर्षीय मोहम्मद अल्फाज र सोही ठाउँ बस्ने १८ वर्षीय मोहम्मद समिर समेत २ जनालाई लागूऔषध खैरो हेरोइन करिब ५ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार