Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१९ नेवारपानीस्थित हरियाली सामूदायिक जंगलबाट करिब ३५ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । नेवारपानीस्थित सडकमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीलाई देखेर मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना।६१ प २४९ नम्बरको मोटरसाइकल भागेकोले प्रहरीले पिच्छा गर्दै जाँदा सो जंगलमा उक्त मोटरसाइकल र प्लास्टिकको बोरामा रहेको लागूऔषध गाँजा छाडी मानिस फरार भएपछि उक्त गाँजा बरामद भएको हो । फरार व्यक्तिको खोजी गरिरहेको उक्त इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका(१५ बाट नियन्त्रित लागूऔषध १ सय ५० थान नाईट्राभेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने २५ वर्षीय बीरमान बुढाथोकी र हुम्ला चङ्खेली गाउँपालिका(४ बस्ने २३ वर्षीय मदन कुमार शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ आइरहेका उनीहरूलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल