Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । भक्तपुर, भक्तपुरका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मकवानपुर सिस्नेरी घर भई हाल पुरानो ठिमी बस्ने २५ वर्षीय विशाल वाईवा समेत ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले बिभिन्न ठाउँमा जाँच गर्ने क्रममा उनीहरुलाई लागूऔषध गाँजाको धुलो अन्दाजी १० ग्राम र नियन्त्रित लागूऔषध ट्रामा १० ट्याब्लेट, डाईजोल्याप ११ एम्पुल, फेगस्टार १० ट्याब्लेट, फेनरागन ८ एम्पुल र डाईजेपाम ७ एम्पुल सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(४ नारायणी महल पछाडि बस्ने २९ वर्षीय अकवर खानलाई अवैध लागूऔषध खैरो हेरोईन अढाई ग्राम र स्पामो प्रोक्सीभन क्याप्सुल ५ पिस सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका(१५ रातोमाटे चेकप्वाईन्टमा खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना।१ ज।६०७९ नम्बरको माईक्रो बस जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार