Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० एकान्त टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ९ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका-१० एकान्त टोल डेरा गरी बस्ने सोही नगरपालिका(१२ चनौटे घर भएका २८ वर्षीय भेष बहादुर बुढा, उनकै श्रीमती २५ वर्षीया पबित्रा बिष्ट र वीरेन्द्रनगर नगरपालिका-८ बस्ने १८ वर्षीय जिबन मस्याङ्गी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले भेष बहादुरको कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बन्दरगाहबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ९ सय ४० मिलिग्राम सहित सिद्धार्थनगर नगरपालिका-१ बस्ने २९ वर्षीय ईमरान अली र वुटवल उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय सन्तोष सुनारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय वेलहियाबाट खटिएको प्रहरीले लु।५२ प ५०१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी रुपन्देही, कंचन गाउँपालिका-३ भगवती टोल बस्ने २८ वर्षीय बिष्णु प्रसाद कडेल र ३१ वर्षीय देबेन्द्र खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९८ मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-९ बस्ने २२ वर्षीय सलाउदिन मुसलमान र मुकिम भन्ने मजिबुर रहमानलाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम र स्पाष्मो प्रोक्सिभन क्याप्सुल ४ पिस सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बाणगंगा नगरपालिका-५ फुटेनीमा ईलाका प्रहरी कार्यालय कोपवाबाट खटिएको प्रहरीले लु।११ प ५२७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार