Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अशोक राईको अडानका कारण समर्थन फिर्ता लिनबाट रोकियो जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल जसपा सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट तत्कालका लागि रोकिएको छ । संघीय परिषद् अध्यक्ष अशोक राईको अडानका कारण पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट रोकिएको हो ।
मंगलबार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले पार्टी सरकारमा सहभागी नभएको विषयमा ब्रिफिङ गरेका थिए । अध्यक्ष यादवको कुरा सुनेपछि अधिकांश सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने सुझाव दिएका थिए ।
सत्ता साझेदार दलले जसपालाई अपमानजन व्यवहार गरेको कारण त्यहाँ बस्न नहुने धारणा अधिकांश सांसदको थियो । बैठकमा सहभागी एक सांसदले भने, हाम्रो पार्टीका अध्यक्ष उपेन्द्र यादवको कुरा सुन्दा त सरकारलाई एकछिन पनि समर्थन दिइरहनु हुँदैन जस्तो लागेको थियो । तर अर्का अध्यक्ष अशोक राईले सरकारलाई दिएको समर्थन फिर्ता लिन हतार गर्नुहुँदैन, दुई चार दिन हेरौं भनेपछि मात्र रोकिएको हो ।
अध्यक्ष यादवले सत्ता साझेदार दलको बैठकमा सबै पदमा प्याकेजमै सहमति गरेर बाँडफाँट गर्नुपर्ने धारणा राखेका थिए । तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतमा सहमति भइसकेको भन्दै थप छलफल गर्न नसकिने बताएका थिए ।
यस्तै मन्त्रालयका भागबण्डा पनि भइसकेकाले जसपालाई दुई वटा दिन सकिने बताएका थिए । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष अ‍ोलीले बसेर सबै टुग्यांइसकेपछि अन्य दललाई साक्षीको रुपमा मात्र सत्ता साझेदार दलको बैठकमा बोलाएको रहेको कुरा अध्यक्ष यादवले पार्टीको बैठकमा राखेका थिए ।
यादवले बैठकमा आफ्नो कुराको कुनै सुनुवाइ नभएको पनि बताएका थिए । संसदीय दलको बैठक आज पनि बस्दैछ । सो बैठकबाट थप केही निर्णय आउन सक्ने नेताहरुको भनाइ छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले हिजोको बैठकमा सांसदहरुले आफ्नो कुरा राखेको र आज त्यसको बारेमा थप छलफल हुने बताए ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल