Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असन्तुष्ट जिल्ला सभापतिहरुको भेला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिनका लागि पार्टीको असन्तुष्ट पक्षले बोलाएको जिल्ला सभापतिहरुको भेला आज हुँदैछ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका जिल्लासभापतिहरुको भेला आज विहान ११ बजे पार्टी कार्यालय सानेपामा हुन लागेको हो ।
सभापति देउवाले बहुमतका आधारमा निर्णयहरु गर्दै अघि बढेको र आफ्ना मागहरुको वेवस्ता गरेको भन्दै असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको हो । सभापति देउवाले वरिष्ठ नेता पौडेल, अर्का नेता सिटौला, महामन्त्री शशांक कोइरालासहितका असन्तुष्ट पक्ष अनुपस्थित रहेको केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका सार्वजनिक, पदावधि थप, विधानका दफाहरुको निलम्बन, विभागको संख्या थप, तरुण दलको म्याद थप लगायतका निर्णय गरेपछि कांग्रेसमा विवाद थप चर्किएको छ ।
पुस ११ गतेको बैठकबाट गरिएका निर्णयहरु फिर्ता लिन असन्तुष्ट पक्षले संस्थापन पक्षलाई चेतावनीसमेत दिएको छ । संस्थापन पक्षलाई चुनौती दिनका लागि असन्तुष्ट पक्षले आज गर्न लागेको जिल्ला सभापतिहरुको भेलामा ७७ मध्ये ५२ भन्दा धेरै जिल्लाका सभापतिहरु सहभागी हुने दाबी पौडेल पक्षले गरेको छ । यो भेलामा सिटौला पक्षका जिल्लासभापतिहरुको पनि उपस्थिति रहने पौडल पक्षको अपेक्षा रहेको छ ।
असन्तुष्ट पक्षका नेता दीपक गिरीले ७७ मध्ये ५२ भन्दा धेरै जिल्लाका सभापतिहरु भेलामा सहभागी हुने दाबी गरे ।
पौडेल पक्षले जिल्ला सभापतिहरुको भेलापछि सभापति देउवा थप दबाबमा पर्ने आकलन गरेको छ ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल