Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असफलता नै असफलता बहुमत र दुई तिहाई ल्याएर के भयो ?

अब केका लागि जनतासँग भोट माग्ने

यो देशमा राजतन्त्र सक्किएर गणतन्त्र आयो त्यही समय देखि राजनीति किचलो शुरु भइरहेछ । गणतन्त्र आईसके पछि माओवादीले चुनावमा भाग लिई सबै भन्दा ठूलो पार्टी भई सरकार गठन गरेको थियो । उसलाई त्यो सरकार पचेन भागबण्डा कै कारण पार्टीमा धमिरा लाग्यो । महन बैद्य हुदै बाबुराम फुटेर गए यो शक्ति र पदकै लडाई थियो ।

अघिल्लो आम चुनावमा माओवादी र एमाले एक जुट भई चुनाव लड्दा दुई तिहाईको हारहारीमा भोट ल्याएका थिए । त्यही दुई तिहाइको सरकारमा सत्ता पद र पैसाको लागि हानथाप हुँदा पार्टी फेरि तिन टुक्रा भईसकेको छ । माओवादी पूरानै स्थितिमा गयो भने माधव नेपाल समूह पार्टी फुटाएर अर्काे पार्टी दर्ता गर्ने प्रकियामा जाने स्थिति भईसक्यो । अबका दिनमा यी कम्युनिष्टहरुले के गर्लान् ? जनताले यीनीहरुसँग के आश गर्ने ? जनतासँग कुन आधारले कुन शिर्षकमा भोट मागी बहुमतको अपेक्षा गर्ने ? जनताले दुई पटक कम्युनिष्टलाई धेरै नै विश्वास गरि भोट दिएका थिए । त्यो विश्वास नेताहरुले पद, पैसा र शक्तिका कारण एक आसपासमा मिल्न नसकि आफै मात्र पद लिने पैसा कमाउने सत्तासीन हुने होडबाजीले गर्दा जनताको मन यति सम्म तोडेका छन् जनताको अगाडि शिर ठाडो गराएर हिड्न सक्ने स्थिति छैन । अबको चुनावमा यिनीहरुको यस्तै रवैया रहिरह्यो भने जनताले भोट होईन ढुंगाले हिर्काएर पठाउने छन् । जनतामा यतिसम्म निराश जागिसक्यो यो देशमा बहुदलको आवश्यकता छैन । बरु निर्दललै ठिक भन्ने जमात धेरै भईसकेको छ । यी लोभी, पापी, बुद्धिहिन, अदुरदर्शी नेताहरुले गर्दा देशलाई खाल्टोमा त पारे पारे देशलाई पनि १०० वर्ष पछाडि धकालेका छन् । सत्तामा जो हुन्छ उसैको हालीमाली भएको देखिएकै छ । काग्रेस सत्तामा हुँदा अहिलेसम्म सबै भन्दा भ्रष्टचारी नेता त्यसैमा थिए । माओवादी सत्तामा हुँदा उसका नेताकार्यकर्ता नव धनाड्य भएकै हुन् । कोही नेता त नेपाल कै धनीमा पनि परेका थिए । एमालेको शासन काल पनि त्यस्तै रह्यो । कमिशन र आफ्नालाई पद बाढ्दा बदनामै बदनाममा रुमल्लिएको छ । यसै कारणले पनि सत्ता जसको पोल्टामा हुन्छ । देशमा उनीहरुकै आशेपाशेले मात्र मोजमस्ती गर्न पाइरहेको देखिन्छ । जो तल्लो लेभलका कार्यकर्ता जनता हुन्छन् उनीहरु सधै नै शोषित र पिडीत भएको देख्न सकिन्छ ।

उनीहरुको जीवन स्थर माथि उठ्नुको सट्टा ऋणको भार ठपिदै गरेको छ । यस्ता पार्टीलाई जनताले कसरी भोट दिने ? यीनिहरुलाई जितेर पठायो उही धनी हुने आफ्नो वरपरका आफन्तहरु धनी हुने भोट दिने जनतालाई न कुनै सहयोग हुन्छ, न उसको जीवन उन्नतीको लागि राहत प्याकेज ल्याउन सक्छन् त्यस्ता नेतालाई भोट दिएर जिताउनु के जरुरी छ ? यो प्रवृत्तिका नेताहरुलाई गाँउमा भोट माग्ने अधिकार बञ्चित गराई गाँउबाट भोटर्सहरुले आफूलाई सहयोग गर्ने गाँउ रेखदेख गर्ने नेतालाई भोट हाल्ने कि पार्टीको चिन्ह हेरेर भोट हाल्ने सोच्न जरुरी छ ।