Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। बैंकर्स संघले असारमा पनि निक्षेपको ब्याज यथावत राख्ने निर्णय गरेको छ। संघको मंगलबार बिहान बसेको कार्य समिति बैठकले दुई महिनादेखिकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो।
अहिले मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत छ। केही समयअघि मुद्दतीको ब्याज १२.११३ प्रतिशतसम्म पुगेको थियो।
निक्षेपको ब्याजदरको असर बिस्तारै आधार दरमा परेर ऋणको दर घट्न थालेको बुझाइ बैंकरको छ। असार मसान्तसम्म स्प्रेड दर ४ प्रतिशतमा झार्नुपर्ने व्यवस्थाले पनि ऋणको ब्याज घट्ने छ।
संघले आपसी सहमतिमा ब्याजदर निर्धारण गर्दै आएको छ। खुला बजार सिद्धान्तविपरीत भन्दै यसको विरोध पनि भएको छ। तर, संघले कार्टेलिङ छाड्दा ब्याजदर बढ्ने तर्क गरिरहेका छन्। अरुलाई खुला बजार सिकाउने तर आफू भने कार्टेलिङ गर्ने भन्दै बैंकर संघको विरोध हुँदै आएको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल