Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असार २९ मा बद्री बहादुर प्रर्दशनमा आउने

काठमाण्डौं । शोभित बस्नेतद्धारा निर्देशित चलचित्र ‘बद्री बहादुर’ आगामी असार २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुईटा पोस्टरमा बस्नेत परिवारको दुई पुस्ता देख्न सकिन्छ । एउटामा सलोन बस्नेतलाई पिता शोभित बस्नेत र काका जयकिशन बस्नेतले बोकेका छन् भने अर्कोमा तीनैजना काँधमा काँध मिलाएर हर्षित भावमा प्रस्तुत छन् ।
पूजा शर्मा, छुल्ठिम गुरुङ र राजीवजंग बस्नेतलाई पनि पोस्टरमा स्थान दिइएको छ । पूजा र सलोन भने फिल्ममा विशेष भूमिकामा छन् । धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतको पनि फिल्ममा अभिनय छ । चितवनका सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा रामकाजी घिमिरेको लेखन छ । चलचित्र कमेडी बनेको हो ।
चलचित्रको प्रस्तुतकर्ता विजय गोपाली दली, निर्माता मिथुन भोटे र सहनिर्माता समीर मिया हुन् । विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन रहेको चलचित्र एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस्को व्यानरमा निर्माण भएको हो । चलचित्रको वितरण आरआर फिल्म्स रोहित गर्दैछ ।