Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्ताए गायक प्रकाश तिमिल्सिना

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको ३७ बर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। गायन रियालिटी शो नेपाली ताराबाट संगीत क्षेत्रमा उदाएका उनका ‘प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ, ‘नमान लाज यसरीु, ‘हेर दिन सधै एकनास हुँदैन’ जस्ता गीत चर्चित छन्। गायक तिमिल्सिनाको पार्थिव शरीरलाई अहिले बिहान ८ बजे अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने संगीतकार चेतन सापकोटाले बताए। उनको आजै अन्त्येष्टी गरिने छ।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल