Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्थायी गठबन्धन ओलीले भत्काउने

काठमाडौं । वापमन्थी एकता जरुरी छ । तर वापमन्थीहरू छरिएका छन् । एमालेलाई ठूलो वामपन्थी मानेर कुद्नेहरू पनि आपसी अविश्वासमै छन् । पद र कुर्सी वापमन्थी एकताको बाहक बनाउन जोड दिने केपी ओली, माधव नेपाल, पुष्पकमल दाहालले स्वार्थको खेती गर्दैछन् । यी तिनै दलको सरकारले जनताको सरोकारमा चासो दिएको देखिँदैन । एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेल तत्काल सहकार्य गर्ने मुद्दा मिल्दै जाँदा विचार मिल्नेसँग वापमन्थी एकता गर्ने प्रतिवेदन प्रस्तुत गरेका कारण अहिले जनताले चाहेर वामपन्थी एकताको सम्भावना छैन भन्ने देखियो । एमालेभित्रै एकता पक्षधर र विरोधीको कित्ता देखियो । अध्यक्ष केपी ओलीका निकट चरित्रहरू महेश बस्नेत, शेरधन राई, कृपापुर शेर्पा, ऐन महर र बाजुराका शाहीको चारित्रिक रवैयाले एमाले भित्रै पार्टीका कार्यकर्ता कति सुरक्षित छन् कति असुरक्षित छन् भन्ने देखियो । मन मिलेसम्म मस्ती गर्ने चित्त नुबझेपछि विवाद गर्ने नेपाली यौन पिपासु महिला पुरुषहरूको चिरत्रले देशलाई बदनाम बनाउँदैछ । वापमन्थभित्रको छाडावादलाई रोक्न पार्टी अनुशासनको सेरोफेरो कता जान्छ त्यो देखिँदैन । एमालेभित्र अराजकता बढी छ । भ्रष्टाचारी थुप्रिएका छन् ठेकेदारहरू बढेका छन् अध्यक्ष ओलीले जे भन्छन् त्यो पार्टीको सिद्धान्त र नीति भएको छ । त्यस्तो भेंडा बाख्रे चरित्रभित्र वामपन्थीका नायक विधि, प्रक्रिया, सिद्धान्तको कुरा गर्ने माधव नेपाल, कसरी एकाकार होलान् ? प्रधानमन्त्री प्रचण्डले सत्ता स्वार्थका लागि केपी ओलीसँग गरेको सम्झौतामा माधव नेपाल जरुरी परेनन् । नेपालले ओली र प्रचण्डको आग्रह स्वीकार्दा वामपन्थी शक्ति एक ठाउँमा आउने कुरा थियो । तर ओलीले पार्टीको मान्यता नदिएको दश सिटे एकीकृत समाजवादीलाई केन्द्रीय गठबन्धनदेखिकोशी, मधेश प्रदेश, वागमती र सुदूरपश्चिम प्रदेशको सत्तासँग जोडिएको हो । संघीय सरकारमा माधवको दश सिट जरुरी छैन । तरकोशी, मधेश, बागमती र सुदूरपश्चिमा कतै एमालेलाई कतै जसपालाई दश सिटे स्वतन्त्र सांसदको जरुरी प¥यो । ओली र प्रचण्डका लागि माधव जरुरी भए । जुन गठबन्धन अपवित्र छ त्यो गठबन्धनसँग बस्नु भनेको शर्पको भीडमा सुते जस्तै हो । दूध खुवाएर पालेको सर्पले मालिकलाई कुनै पनि बेला डस्छ । एमालेका केपी ओलीले कुनै पनि बेला प्रचण्ड र माधवलाई डस्ने कुरा एकीकृतका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताइरहेका छन् । पाण्डे भन्छन्, एमालेका ईश्वर पोखरेल पोखराबाट काँग्रेसका डा. शेखरकोइरालाले विराटनगरबाट काँग्रेस एमालेको सरकार बन्नुपर्छ भन्नुको कारण नै ओली गुट कताजान्छ भन्ने संकेत हो ।
अहिले वापमन्थी एकतामा हतार छैन किनकि चुनाव आउन अझै चार वर्ष बाँकी छ । एमालेको मिशन ०८४को अभियान एकलकाटे रहेको छ । एमालेबाट ०७४को नेकपालाई फुटाउन जसरी राज्य लुटको मिशन चल्यो ओली मालिक ईश्वर पोखरेलहरू भारदार बने त्यसले पनि वाम एकता, सहकार्य पक्षधरहरू अल्पमतमा परे । पार्टी केन्द्रीय प्रतिनिधि परिषद् बैठकमा सहभागीहरूले जसरी अराजकताको विषय उठाएर त्यसको नियन्त्रण त्यहाँ छैन भ्रष्ट शिरोमणिहरू वामपन्थी एकताको पक्षमा छैनन् । त्यही कारण एकता पक्षधरहरूले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्काउन खोजेका हुन् । एमालेमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे, पृथ्वी सुब्बा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, प्रदीप ज्ञवालीहरू जति वामपन्थीहरूबीचको एकतामा जोड दिन्छन् त्यो रुपमा ओलीद्वारा च्यापिएका पदीय भ्रष्ट चरित्रमा घृणित प्रवृत्तिहरूले वापमन्थी भन्दा काँग्रेस जस्ता घामट शक्ति मित्र देख्छ । त्यो काँग्रेसमा क्रिश्चियनको पैसामा उम्लेको हो । गगन थापा प्रदीप पौडेल विश्वप्रकाश शर्मा, धनराज गुरुङहरूको टिम मौका परस्त हो भने भारतको लिगेसीका डा. शेखरकोइरालाहरू गठबन्धन भत्काउन घोषित रुपमा नै लागेका छन् । यो टोली वर्तमान सरकारलाई चिन परस्त भन्ने गर्छ । कम्युनिष्ट पार्टीहरूबीचको एकता, सहकार्य र मोर्चा चीनको अपेक्षा पनि हो ।