Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्थिरताको जड कम्युनिष्ट शासन

राजनीतिक लिकबाट चिप्लेपछि सर्वहारा वर्गको कुरा गर्ने नव धनाढ्यहरूले मुलुकलाई स्थायी सरकार दिने आवस्थामा एमालेका केपी ओली आफैं देवता आफैं परमेश्वर बन्दा जनताले दिएको विश्वास गुमाए । आफ्ना गल्ती स्वीकार्न नसक्ने, समकक्षी नेताको ख्याल नगर्ने, गुटबन्दीलाई प्राथमिकता दिने, झूठो बोल्ने, अरुको अस्तित्व स्वीकार्न नसक्ने, कानुन र संविधानभन्दा माथि पार्टीलाई व्यक्तिगत मण्डली बनाएर आफ्ना बाहेक कसैका कुरा नसुन्ने सर्वगुण भएका नेता हुन्, एमाले अध्यक्ष केपी ओली ।
०७४ को चुनावपछिका ५ वर्षमा ११ औं पटक संसद बैठक बस्यो । त्यो संसद सत्ता स्वार्थ र पदको लडाइँमा केन्द्रीत भयो । केपी ओलीको दम्ब र अहंकार नचर्केको भए शायद नेकपाको सरकारलाई कसैले दबाउन, ढाल्न सक्दैनथ्यो । आफैं विज्ञ, सर्वेसर्वा बनेर केपीले कम्युनिष्ट पार्टीप्रतिको मत सबै भत्काए । कमरेड संस्कृतिलाई बा संस्कृतिमा रूपान्तरण गरेका केपीलाई पुन देशमा अस्थिरता चम्काउने गरी बहुमत दिलाउने योजनामा जनता छैनन् । अहिलेका कम्युनिष्ट नेताको राजकाज शैली सामन्तवादको प्रतिक नै हो । यहाँ केपी ओली अलि बढी नै छन् । उनको दवत्वकरण गर्न एमालेको सिंगो टिम लाग्यो । जो हुकुम चलाउँछ जसले हुकुमको पालना गर्छ त्यस्तालाई चुनाव जिताउन हुँदैन । काँग्रेसमा भन्दा केपी ओली र प्रचण्डका संगठनात्मक शैली र व्यवहार फरक छैन । ओलीले आफ्नो पक्षलाई आन्तरिक चुनाव गराएर पदमा पु¥याएका छन् । प्रचण्ड त अन्तरपार्टी निर्वाचनबाट डराएर आठ महिनासम्म पार्टीमा पनि एक्लै जनवर्गीय संगठनमा एक्लै नेतृत्व पंगु बनाइदिन्छन् ।
संगठनमै नेतृत्वको विकास हुन नदिने ऐजेरुलाई जबर्जस्त नेता मान्नै पर्ने लेबी तिर्ने काम अब मुर्खले गर्दैनन् । देशको ८० लाख युवाशक्तिलाई विदेश पठाएर आफू राज्यस्रोतमा दोहन गर्ने अपराधी त दलका नेता नै हुन् । जसले देश बनाउने नीति बनाए, कार्यान्वयन गरेनन् । कोरोना कहरमा देश ठप्प भयो यिनले ओम्नी र हुकाम अगाडि सारेर राज्यस्रोत लुटे भने यिनैलाई जनताले चुनाव जिताउन किन प¥यो ? आफू राज्यबाट करोडौं खर्च लिने सरकारका अस्पताललाई सुधार्न नचाहने, मेडिकल माफिया र शिक्षा माफिया उसेका वरपर छन् । गणतन्त्रमा जनताले पाउनु पर्ने सेवा सुविधा नपाउने कोरोना महामारीमा रोजी रोटी गुमाएको वर्गको ख्याल नगर्ने कस्तो कम्युनिष्ट शासन देशले व्यहो¥यो ? ४१ महिनासम्म ? कम्युनिष्टको सरकारलाई किसानले समयमा मल बिउ पाएन भन्दा लाज भएन । बिचौलिया र दलालको बाहेक अरुको काम गरेन । हावाका योजना र कल्पनाको संसारमा रमाउँदा हुकाम, बतास, ओम्नी र थामसेर्कुले बालुवाटारको निर्णायक तहमा ठाउँ पाए । काम गर्ने युवा पाखुरी खाडीमा खेदेर कम्युनिष्टको नाममा जनता ठग्ने ठगहरूले अबको चुनावमा ल्याउने घोषणापत्रबाट जनता विश्वस्त हुने अवस्था छैन । ओली शसानको ४१ महिना श्रमजीवी वर्गको हितमा सिन्को भाँचिएन । यिनका सिद्धान्तहिन गैर राजनीतिक भनाई र बोलीमा विश्वास गर्ने धरातल छैन भने एमालेलाई एक्लै बहुमत दिने बाध्यता के छ ? यस पटक २ लाख ५४ हजार ८ सय ४७ जना मतदाता बढेका छन् । स्थानीय निर्वाचनमा १ करोड १ लाख ५३ हजार ७ सय २३ मत थियो । झापा, मोरङ, काठमाडौंमा मतदाता बढेका छन् । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता भन् भने झापामा ६ लाख ६३ जहार ३ सय ११, काठमाडौंमा ६ लाख ५२ जहार १ सय २६ मतदाता छन् । वामपन्थी मत बढी छ । तर कम्युनिष्टको अहंकार र डाहाबाट ग्रस्त सरकार पटक पटक भत्काउन सफल ओलीले अरुलाई सरापेर आफ्नो पार्टी बलियो कसरी बनाउने शंका छ ।
भाई फुटे गवार लुटेको अवस्था थियो । २०४९ देखि ०५२ सम्मको एकल रजाइँ एमालेको थियो । गणतन्त्रको लागि सडकमा आवाज उठ्दा बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्दै आन्दोलनको विरोध जसले ग¥यो उसैले नेकपाको नेतृत्वको सरकारमा रजाइँ ग¥यो । गणतन्त्र, सङ्घीयताको चर्को विरोध गर्ने उखाने बालाई जनताले किन नेता मान्छ ? जसले व्यवस्था परिवर्तन भएर सत्तामा जाँदा अवस्था परिवर्तन गर्न जरुरी देखाएन । पार्टी उसैले फुटायो । संसदको हत्या गर्न कानुनी षड्यन्त्र धेरै ग¥यो ।