Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्पतालका ५० प्रतिशत शय्या कोरोना संक्रमतिका लागि छुट्याउन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई कम्तीमा पचास प्रतिशत शय्या कोरोना संक्रमितको व्यवस्थापनका लागि छुट्याउन निर्देशन दिएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गर्दै अस्पतालमा भएका कुल शय्यामध्ये पचास प्रतिशत शय्या कोरोना संक्रमतिको लागि छुट्याउन निर्देशन दिएको हो। स्वास्थ्य मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार मापदण्डअनुसार निशुल्क गर्न निर्देशन दिएको छ। यस्तै बालबालिका, गर्भवती, सुत्केरी महिला, अपांगता भएका व्यक्तिहरु, जेष्ठ नागरिकहरुको कोभिड(१९ परीक्षण तथा उपचारमा उच्च प्राथमिकता दिन पनि आग्रह गरेको छ।


सम्बन्धित समाचार