Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२१ मंसिर, वीरगञ्ज । औषधि व्यवस्था विभागले सर्लाहीको हरिवनस्थित सरस्वती अस्पतालभित्रको फार्मेसीमा सिलबन्दी गरेको छ ।
प्रतिबन्धित र अनुमति नभएको औषधि बेचेको पाइएपछि राजीव मेडिकल हललाई सिलबन्दी गरिएको हो ।
सोमबार औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट गएको टोलीले मेडिकलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा सञ्चालकले फार्मेसीको दर्ता प्रमाणपत्रसमेत देखाउन नसकेको फार्मेसी निरिक्षक दीपेसले जानकारी दिए ।
‘पसलबाट प्रिगआउट, क्लोबेटा जीएमलगायत १० प्रकारका दर्ता नभएका तथा प्रतिबन्धित औषधि बिक्री हुने गरेको देखियो, सञ्चालन अनुमति पत्र पनि थिएन’ उनले भने, ‘फार्मेसीलाई तत्कालै सिल गरेर सञ्चालकलाई औषधि व्यवस्था विभाग वीरगञ्जमा सम्पूर्ण कागजातसहित उपस्थित हुन निर्देशन दिएका छौं ।’शाखा कार्यालयबाट गएको तीन जनाको टोलीले सोमबार हरिवन र लालबन्दीका तीन वटा औषधि पसलमा छड्के अनुगमन गरेको थियो ।
हरिवन स्थित त्रिदेव मेडिकल हलमा फार्मेसिस्टविना औषधि बिक्री गरेको पाइएकोले त्यसो नगर्न निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।
लालबन्दीस्थित सुसान्त फार्मेसीले नियमित बिक्री बिल नदिएको र फ्रिजमा खानेकुरा र औषधिसँगै राखेकोले कारबाहीका लागि कार्यालयमा बोलाएको औषधि व्यवस्था विभागको शाखा कार्यालय वीरगञ्जले जनाएको छ ।
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल