Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्पतालमै बयान दिएर हाजिरी जमानीमा छुटे महरा

काठमाडौं । सुन तस्करीको सञ्जाल मिलाएको आरोपमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्यका कारण महरालाई छाडिएको जनाएको छ । छोरा एटम महराको जिम्मा लगाएर महरालाई छाडिएको हो । उनलाई चैत ५ गते कपिलबस्तुबाट पक्राउ गरिएको थियो । महरालाई अदालतले उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा राख्न निर्देशन दिएको थियो । त्यसै अनुसार उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । प्रहरीले बुधबार र बिहीबार दुई दिन अस्पतालबाटै ल्याएर बयान लिएको छ । उनको बयान पनि सकिएको छ र सुन तस्करीका आरोपीलाई फोन गरेको बाहेक अरु ठोस प्रमाण नभेटिएको स्रोत बताउँछ । महरा राम्रोसित बोल्न र हिँड्न सकिरहेका छैनन् । उनले ८ किसिमको औषधि नियमित सेवन गरिरहेको पाइएको छ ।