Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्पताल रोगी मार्ने कारखाना बन्दै, स्वास्थ्य क्षेत्रमा वेथिति बढदो

काठमाण्डौ । स्वास्थ्य क्षेत्रको सुधारको एजेण्डा ल्याएर देशमा नर्सिङ शिक्षामाथि अंकुश लगाउने काम गर्ने सुधारवादीका कारण नेपालका युवा युवती छिमेकी भारत तर्फ आर्कषित भएका छन् । भारतले सरकारी खर्चमा सिमा क्षेत्रमा नर्सिङ कलेज खोलेको छ । नेपालमा चलिरहेका नर्सिङ कलेज बन्द गराउने बहादुरहरू नैतिकताको कुरा गर्छन् । शिक्षा र स्वास्थ्य जस्तो सम्वेदनशिल विषय तर्फ राज्यको ध्यान छैन् । डा. गोविन्द केसी मेडिकल शिक्षा सुधारक हुन् । तर उनकै पटक पटकको आमरण अनशनले मेडिकल शिक्षामा कहाँ कस्तो असर गर्यो अध्यन छैन् । दुर्गा प्रसाँइ, डा. सुनिल शर्माजस्ता डनहरू अस्पतालबाट लासको व्यापार गर्छन् । नैतिकताका कुरा तीनैले गर्छन् । मोरङको विराट मेडिकल कलेज अफ अस्पताल होस वा झापाको विएण्डसी कलेज अफ अस्पतालले सम्वन्धन नपाउँदा भारतमा पूँजी पलाएन भएको कसले बुझ्छ ? स्वास्थ्य मन्त्री मोहन बस्नेतले वीर अस्पताललाई उपचार केन्द्र होइन रोगी मार्ने कारखाना बनाउँदै छन् । जेठो अस्पतालका एक्सरे मेशीन बिगार्ने, सिटी स्क्यान बिगार्ने पौरखीहरू माथि कारवाही नहुने एमाले काँग्रेसको लुट धन्दा मन्त्रालय विभाग हुँदै अस्पतालसम्म चम्केकै छ । एमाले–माओवादी गठबन्धनको सरकारका स्वास्थ्यमन्त्री खगराज अधिकारीको पालामा नियुक्त भएका निर्देशक डा. सन्तोष पौडेललाई अहिलेका स्वास्थ्यमन्त्रीले तारो बनाए । किनकि डा. पौडेलले बीर अस्पताललाई अस्पताल जस्तो बनाउँदै अघि बढेका थिए । विरामीको सहजताका लागि बिहानैदेखि ओपीडी चलाउनेदेखि वार्डहरू थप्ने काम थालेका पौडेललाई एमालेको भातृ संगठनमा सदस्य भएको भन्दै निर्वाचन आयोगलाई पत्र काट्न लगाएर निलम्बन गरी सो स्थानमा काँग्रेसका डा. श्रवण कुमार थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिएका छन् । सरकारको लगानीको अस्पतालमा डाक्टर हटाउने नर्सको जगीर खोस्ने दशैको मुखमा हाहाकार गराउने पौरखी काम मोहन बस्नेतले गरेका थिए । डा. आरजु देउवाको स्वार्थका निर्णय स्वास्थ्यमा भएका छन् । स्वास्थ्य सेवा विभाग, मन्त्रालयको आपूर्ती महाशाखामा काँग्रेस खोज्नुको कारण राज्यश्रोतमा लुट नै हो ।
बर्तमान सरकार कही कतै सन्तोष जनक काम गर्न सफल छैन । एमाले कालको ओली हैकम सिंहदरवारमा जारी छ । दशै तिहारमा सरकारले नै चीनी तथा खाद्यान्न व्यापारीलाई कालोवजार गर्न सहमति दियो । काँग्रेसका उद्योग तथा आपूर्ति मन्त्री रमेश रिजाल पनि डा. आरजुको अघिपछिका स्वार्थमै रमाए । अर्थमन्त्री असफल भए परराष्ट्रको योग्यता कूटनैतिक सम्वन्धमा कमजोर प्रस्तुती नै काफी छ । काँग्रेसका कानून मन्त्री सत्तामा नहुँदा क्रान्तिकारी जब सत्तामा पुगे अपराधी छुटाउन मै रमाए । काँग्रेसका युवा नेताहरू कुरा चर्का गर्छन् । कम्युनिष्टसँग मिल्नै हुन्न भन्छन् । तर काँग्रेसका मन्त्रीले हाँकेका जनतासँग जाडिएका कानुन, स्वास्थ्य, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थ जस्ता मन्त्रालय भित्रै चरम बेथिति छ । त्यसको सुधार गर्न महामन्त्री गगन थापा विश्व प्रकाश शर्मा ध्यान दिँदैनन् । काँग्रेसका डाक्टर पनि छन् । ती डाक्टर बिरामी जाँचेर राजनीतिमा आएका हुन् । तीनलाई जनताको जीवनमाथी राज्यले गरेको खेलवाड भन्दा पार्टीको पद र भागवन्डा मै चासो छ । शैक्षिक माफीयाको लुटमा डा. आरजु नै सहभागी छन् । राज्यको धुत्ने कर नतिरी स्मार्ट फोनको लाइसन्स एनसेललाई भिडाएर राज्य दोहन गर्ने विनोद चौधरी जस्ता सांसद छन् । स्वास्थ्य क्षेत्रको सुधारमा कुनै चासो नहुँदा जनतामा वर्तमान शासन व्यवस्थामाथि नै आक्रोश बढ्दो छ । अहिले डा. गोविन्द केसी र स्वास्थ्य मन्त्री एकले अर्कोलाई मानसिक सन्तुलन गुमाएको आरोप प्रत्यारोप मै रमाएका छन् । स्वास्थ्य, शिक्षा जस्तो सम्वेदनशील विषयमा राजनीति करण गर्दा काँग्रेस र एमाले नै चर्चामा आएका हुन् । अहिले देशकै जेठो वीर अस्पतालमा डाक्टर र कर्मचारी आतंकित छन् । कुनदिन स्वास्थ्य मन्त्रीको सनकमा के निर्णय हुने हो शंका बढेकै छ । वीर अस्पतालमा उपचारत विरामीलाई वेड निशुल्क गर्ने घोषणा गरेको २ महिना नपुग्दै ल्याव एक्सरे सिटी स्क्यान जस्ताको शुल्क दोव्वर बनाएर कटने काजी मोहन बस्नेतको क्षमता एक एक उर्लेको छ । स्वास्थ्य क्षेत्र काँग्रेसी बिर्ता भयो भन्दा हुन्छ । जनताको सेवा भाषण मात्र हो ।