Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अहिलेसम्मकै उच्च पुग्यो सुनको भाउ

काठमाडौं । आकासिँदै गएको सुनको मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा महँगो भएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९२ हजार दुई सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुन ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको भाउ एक हजार पाँच रुपैयाँ प्रतितोला तोकिएको छ । अघिल्लो दिन तोलाको ९९५ रुपैयाँमा चाँदी कारोबार भएको थियो । बढ्दो मूल्य र अफसिजनका कारण बजार सुन बजारमा मन्दी छाएको व्यवसायी महासंघले जनाएको छ । कोभिड १९ को असर फैलिदो क्रलममै रहँदा सुनको भाउ अझै बढ्न सक्ने महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।