Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अहिलेसम्मकै धेरै संक्रमित आज फेला परे, थप सतर्कना अपनाए भयावह हुने

काठमाडौं । निषेधाज्ञा तथा यातायात क्षेत्रको बन्दाबन्दी हटाएर सहज बनाएको भोलिप्लटै देशमा कोरोना संक्रमणको भयावह अवस्था देखिएको छ । बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन् । यस्तै आज पीसीआर ११ हजार ४५८ जनाको भएको छ । आम नागरिकले नै अब थप सतर्कता नअपनाए अवस्था भयावह हुने संकेत देखिएको छ । अब त बिराटनगरका मानिस बेलुकीसम्म राजधानी आइपुग्छन् भने राजधानीका मान्छे देशका कुना काप्चामा पुगिसेका हुनछन ।